आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकाले जिल्ला बाहिर रहेका विद्यार्थीलाई सहयोग गर्ने निर्णय

त्रिवेणी नगरपालिकाले जिल्ला बाहिर रहेका विद्यार्थीलाई सहयोग गर्ने निर्णय

  • मङ्लबार, बैशाख २३, २०७७
त्रिवेणी नगरपालिकाले  जिल्ला बाहिर रहेका विद्यार्थीलाई सहयोग गर्ने निर्णय

गगन अयडी,धनगढी– त्रिवेणी नगरपालिका बाजुराले पढाइको शिलशिलामा जिल्ला भन्दा बाहिररहेका विद्याथीहरुलाई नगरपालिकाले रु २००० (दुई हजारका ) दरले पठाउने निर्णय गरेको छ । भाडामा बस्ने विद्याथीहरुलाई धेरै समस्या हुने भएकाले सोमबार बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । पढाईको शिलशिलामा संघीय राजधानी काठमाण्डौं, पोखरा नेपालगञ्ज , धनगढी र महेन्दनगर लगायतका शहरमा रहेकाहरुलाई सम्बन्धित ठाउँमा नै रकम उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख रामसिंह रावलले बताए ।

उनका अनुसार जिल्ला भन्दाबाहिर रहेका विद्यार्थीको संख्या संकलन गरी रमक वितरण गरीने वताए । नगर प्रमुख रावलका अनुसार यसको सम्पुर्ण जिम्मा नगरपालिकाका नौ वटै वडा अध्यक्षको जिम्मा दिईसकेको जानकारी दिएका छन् । पढाइको शिलशिलामा जिल्ला बाहिर रहेका विद्यार्थीेले समन्धित वडाका वडाअध्यक्षलाई सम्पर्क गर्न पनि नगर प्रमुख रावलले आग्रह गरेका छन् ।


हाल विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउनमा रहेका समयमा पढाईको शिलशिलामा घर छोडेर गएकाहरुको पहिचान गरी रकम वितरण गरिने उपप्रमुख राधिका सुनारले बताईन् । नगर कार्यपालिकाको निर्णय अनुसार लकडाउनको समयमा समस्या परेकाहरुलाई सम्बन्धित नगरमा फिर्ता ल्याउन समस्या भएको हुंदा सम्बन्धित ठाउँमानै सहयोग गरिने उप–प्रमुख सुनारले बताईन् ।
नगरपालिकाको आपुर्ति समितिको बैंठक पनि सोमबारनै बसेको हो । बैंठकले नगरपालिकाका छतारामा ५०, तोलीमा ७० र कैलाशमाण्डौंमा ८० ब्याडका क्वारेन्टाइन बनाउने निर्णय गरीएको नगरपालिकाका कार्यकारी प्रमुख खगेन्द्र साउंदले जानकारी दिनुभयो । उहांका अनुसार सबै ठाउंका क्वारेन्टाइनहरुलाई तत्काल निमार्ण गरिने वताए । हाल सम्म जिल्ला भन्दा बाहिर बाट आएका महिला ,पुरुष र बालबालिका गरी ८८ जनालाई नगरपालिकाका भिविन्न क्वारेन्टाइनमा राखिएका कार्यकारी प्रमुख साउंदले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार