बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • फिचर
  • नयाँ बिद्रोह आजको आबश्यकता

नयाँ बिद्रोह आजको आबश्यकता

  • सोमवार, बैशाख २२, २०७७
नयाँ बिद्रोह आजको आबश्यकता

 माक्र्सको शिद्दान्तनै परिपुर्ण भन्दा पनि समय अनुकुल परिस्थिति अनुसार बदल्दै जानू आजको आबश्यकता हो । हामिले माक्सबादको शिद्दान्तलाइ राजनीतिक बिज्ञानको जगको रुपमा मात्र हरेका छौ ।

समाजबादिहरुले जिबनका गति संगै पाइला चाल्न आबश्यक छ । १९५९ तिर छिमेकि देश चिनबाट सुरुवात भएको दिर्घकालिन जनयुद्ध र रुसको शसस्त्र बिद्रोहले त्यतिबेलाको सामाजिक ब्यबस्था उत्पिडनका शृङ्खलाबाट सफल भए त्यसकारण आजको हाम्रो समाजको परिस्थितिलाई आँकलन गर्ने हो भने क्रान्तिकारी आन्दोलनको नयाँ बिकल्प के हो खोज गर्न आबस्यक छ । समाजबादको स्थापनाका लागि अहिलेको बहुदलिय फोहोर शासन प्रणालिको बिकल्प खोज्नु पर्छ । आजको युगसम्म आइपुग्दा बिश्वभरि कन्तिका कैयौ प्रयासहरु असफल हुनुका साथै समाजादि सत्ता सत्ताच्युत सम्म हुन पुगे पुँजिबादि शाशनब्यबस्थाले संसारको आधा सम्पति एक दर्जन ब्यक्तिको हातमा सुम्पिदै किशान मजदुर बर्गको रगत र पशिना लाइ थुपारेको छ । त्यो किशान र मजदुर बर्गले , आफ्नो रगत र पसिना चुसिरहदा पनि मजदुर बर्ग चुप लागेर बसिराखेका छन । झन मध्यम बर्ग दलाल पुँजिबादि शासन ब्यबस्थाका बिरुद्ध बिद्रोह गर्नुको सट्टा झन उसैको भरमा बसेको छ । उसैका आबस्यकता परिपुर्तिकालागि आफ्नो क्ष्रम बेचिरहेको छ ।

आफ्नो रगत र पशिना बेचेर आफ्नो जीवन यापन समेत असहज हुने शासन ब्यबस्था आबस्यक छ कि छैन ? बर्गिय समानताका निम्ति लड्ने कि नलड्ने जस्ता सवालहरु अन्तरबिरोका रुपमा देखा पर्छन माक्सका अनुसार द्वन्द्वका रुपहरु मात्र फरक हुन्छन् समाजमा द्वन्द्वको अन्त्य कहिलेहि हुदैन । सर्बहारा बर्ग र पँजिपति , दलाल तस्करहरुबिचको लडाइ निरन्तर चलिरहन्छ । अन्तत सर्बहारा बर्गको जित हुन्छ । आजको परिस्थितिलाई समयानुकूल विश्लेषण गरेर राष्ट्रियता र जनजिबिकाका सवालमा बोल्ने कि नबोल्ने ? दलालिकरण र बिचौलियापनका बिरुद्धमा लड्ने नलड्ने ? बोल्नु पर्छ । लड्नु पर्छ । बिना बर्ग संघर्ष शासन शत्ता कसैले आएर हातमा दिएर जाँदैन । नयाँ शासन प्रणालिको खोज आफैमा चुनौतिपुर्ण छ । माक्सका पालाभन्दा अगाडि बर्ग संघर्ष मार्फत शोषणमुक्त समाज निर्माण गर्नु ठुलो चुनौतिको बिषय थियो होला, असम्भब पनि थियो होला , समय र परिस्थिति समाज र राज्यको बदलाब संगै यो सम्भब हुन सकेको हो । आ आफ्नो सापेक्षता अनुसार माओ र लेनिनले समाजबाद ब्यबहारमा लागू गरे बिश्वभरिका हरेक क्रान्तिकारी आन्दोलनका सफलता र पछि गएर त्यसैको नक्कल स्वरुप असफल हुँदै जानुले आज आज ती असफल बिद्रोहबाट पाठ सिक्दै आजको युगमा नयाँ खालको एकीकृत जनक्रान्तिको औचित्य पुष्टि हुन गएको हो ।

रुस र चिनले गरेको बिद्रोह भन्दा माथि उठेर फोहोरि बहुदलिय शासन प्रणालिमाथि प्रहार गर्दै समाजबाद हुँदै साम्यबादको यात्रा तय गर्न सकिन्छ। माक्र्सको शिद्दान्तनै परिपुर्ण भन्दा पनि समय अनुकुल परिस्थिति अनुसार बदल्दै जानू आजको आबश्यकता हो । हामिले माक्सबादको शिद्दान्तलाइ राजनीतिक बिज्ञानको जगको रुपमा मात्र हेरेका छौ । समाजबादिहरुले जिबनका गति संगै पाइला चाल्न आबश्यक छ । ज्ञढद्धढ तिर छिमेकि देश चिनबाट सुरुवात भएको दिर्घकालिन जनयुद्ध र रुसको शसस्त्र बिद्रोहले त्यतिबेलाको सामाजिक ब्यबस्था उत्पिडनका शृङ्खलाबाट सफल भए त्यसकारण आजको हाम्रो समाजको परिस्थितिलाई आँकलन गर्ने हो भने क्रान्तिकारी आन्दोलनको नयाँ बिकल्प के हो खोज गर्न आबस्यक छ । समाजबादको स्थापनाका लागि अहिलेको बहुदलिय फोहोर शासन प्रणालिको बिकल्प खोज्नु पर्छ । उपेन्द्र बिष्ट ( कैलाली )

चर्चामा

सम्बन्धित समाचार