बिहिबार, असार ४, २०८३

आमा नेपाल की

  • बिहिबार, बैशाख ११, २०७७
सेयर गर्नुहोस् :
आमा नेपाल की

सुरेशकुमार पान्डे — साँझको मिरमेरे भैसकेको थियो’कल्पिको मन आत्तिएको थियो आत्तिनपनि त किन न आत्तियोश।बिहानै देखि तारे साहुको मेलामा काम गर्न आउँदा घरमा स-साना बाल बालिकाहरुलाई छाडेर आएकि थिइन।एउटा बाबुले त अँझै आमाको दुध खान्थ्यो। अहिले मेलाको काम सिध्दाएर उनि तारेको घरको पेटिमा बसेकि थिईन।अरु सँगहरु उतै मेला बाट सिदै घर गए उनि भने आफ्नो खर्च लिएर जाने उदेश्यले त्यसैको बाटो हेर्दै बसेकि थिईन।घरमा साँझ पकाएर खाने खर्चपनि थिएन,त्यसैले यो मिरमिरे साँझमा साहुको पेटिकुर्नु परेको हो। एकछिन पछि तारे साहु कि बुढि टपरिमा एकमाना मकैको आटो त्यसैको माथि एउटा नुन को ढिका राखेर भाईर आईन’कति आत्तेकी भोलि पनि ता आउँने हौली काम मा भोलि लिएर गएको भयापनि हुँदै हो’भन्दै टपरि थमाई दिन्छिन।कल्पि न बोलि नबोली त्यो टपरिलाई आफ्नो बर्किमा कुटुरो पारेर मनमनै कसैलाई कसैको समस्या केथाहा भन्छिन”हौश म लागे भन्दै बिदा लिन्छिन। उनि घर पुग्दा अँध्यारो भै सकेको थियो,सारा दिन मेलामा काम गरेर आएकि उन्लाई घरको पिरले थकाई लागेको महेशुर्ष गराएन। छिट्टछिटो हिँडेर घर पुगिन-रोहि रहेको काखको बाबुलाई आफ्नो छातिमा टाँसेर उस्लाई चुप्प म्वए खाँईन अनि हतले आँसु पुच्छदै आफ्नु छाति चुसाउँन थालिन।अर्कि स्यानि छोरीपनि आमाँको नजिकै आएर काखलाई सिरानि गराई। अरुले अगेना ओरीपरि बसेर आगो बाल्न थाले एति बेर सम्म कसैले आगोपनि बालेका थिएनन् ।ठुले ले केहि बेर पहिले गाई बस्तु बन बाट खेरेर ल्यायको थियो र काटेको घाँस हाल्दै थियो।अरुले त्यो रुने भाईलाई फुलाउँदै थिए उस्लाई आमाको सँझनाले सताएर रोईराखेको थियो। कल्पिले आफ्नो फाँद बाट एउटा मकैको रोटि निकालेर ओधान माथि राखेर तताउँछिन र सबैलाई एक-एक चोईला दिन्छिन उनिहरुपनि खुसि हुँन्छन। बाबु तल चाकि हुँनि सुपोछ ल्याउत!कल्पिले ठुलेलाई अह्राउँछिन उस्ले सुपो ल्याई दिन्छ।स्यानो भाईले आमालाई पटक्कै छाड्ने मन गर्दैन बिचरा बच्चा त हो।आमाको मन ता सबै बच्चाहरु प्रति उत्तिकै मायाँ लाग्ने उरु बच्चाहरुपनि ता भोकाएका थिए। उन्ले आफ्नो बर्को को त्यो कुटुरो खोल्छिन र सुपामा मकैको आटो लाई राम्रैगरि सफा गर्छिन,ठुले ले कसौँडि मसिलगाउँछ र ओधानको माथि राख्छ।उनिहरुलाई भर्खर दिएको एक एक चोईला रोटि खाई सकेका थिए त्यो रोटि दिउस तारे साहुले अर्नि खान दिएको कल्पिले आफुले नखाएर आफ्नु पटुकामा बाँधेर राखेकि थिईन।उनको मनले खानै मानेन बच्चाहरुको झल्को आईहाल्यो त्यहि भयर रोटि ल्याइन र अहिले बच्चाहरुले बाँडेर खाएका हुँन। सुपामा त्यो भर्खरलिएर आएको आटो लाई राम्रो गरि सफागरेर कसौँडिमा ताति रहेको पानीमा राख्छिन।ठुलेले डाला बाट गुन्द्रुक निकालेर ल्याउँछ र आमालाई दिन्छ।उनिहरुको स्यानो गोठे घर थियो एकतिर डियाँ बाच्छा बस्थे आर्को तिर आफुहरु बस्थे। एकछिन पछि आटो र गुन्द्रुको झोल पाक्छ सबै आ-आफ्ना ठाउँमा थाल लिएर बसेका छन।सबैले आटो अति मिठो खान्कि झैँ खुसि भयर खान्छन।आमाले सबैलाई ख्वाएपछि थोरै आटो बटुको मा राखेर त्यहि कसौँडिमा गुन्द्रुको झोल राखेर जो जति बचेको थियो खान्छिन।कसैलाई केथा उन्को पेट भरिन्थ्यो कि नाई,न कसैले उनि सँग सोध्थे।दिन भरी आर्काको मेलामा काम गर्दाको थकैले लखतरान भयकि कल्पि सबै बच्चाहरुलाई सुताईन र एउटा मकैको झोँता छोडाएर दुईटा घुगाँ राखिन बाँकि चाकिमा पिसेर बिहानलाई आटो बनाईन अनि बल्ल सुतिन। उनि बिहानै उठेर आँठामा भयका डाले घाँस खसाल्छिन अनि मकैको नल ल्याएर डियाँलाई दिन्छिन गोठ बाट भाईर सारेर,गोठ सफा गर्छिन,पंधेरा बाट पानि ओसार्छिन।यि सबै काम निप्टाएपछि ठुले उठ्छ उस्लाई गाई समयमै फुकाएश म आटो पकाएर राख्छु खाए भन्दै अह्राउँछिन।ठुलेले हुँन्छ भन्दै फेरि त्यो कसौँडि माझेर दिन्छ। आमाले उनिहरुलाई खाना पकाई दिन्छन।सानु बाबुलाई दुध सँग आटो मुछेर ख्वाई दिन्छिन।घरमा एउटा दुनो गाईपनि थियो त्यसैले त बच्चाहरुलाई हुर्काउँन मद्त गर्थ्यो। आफु फेरी त्यो तारे साहुको मेलामा छिट्टै पुग्नु थियो।यस्तो पर्याजसो हुँन्थ्यो।कल्पिको श्रिमान चाहिँ बैँसैमा बितेका हुँन ति स-साना बच्चाहरु हुर्काउँन उन्लाई आमा र बाबा दुबैको भुमिका निर्वा गर्नु पर्दथ्यो।कल्पिको सानैमा बिबहा आफु भन्दा झण्डै २०बर्ष जेठा ब्याक्ति सँग भयको हो।उन्को भर्खर बैँस आउँने बेलामा बुढा को मृत्यु भयो।उन्लाई बैँस र सुखःभन्ने कस्तो हुँन्छ त्यो थाहानै भयन।अब झन ति स-साना बच्चाहरुलाई हुर्काउँन निमेक गर्नु प्रथ्यो।खान पुग्ने आफ्नो पाटो थिएन कल्पिलाई दिन रात बराबरनै थियो।जसरी तसरी कहिले बाउ बनेर हपकाईन त कहिले आमा बनेर मायाँगरिन उनिहरुलाई पढाउँने लेखाउँने गरिन त्यसैले उनलाई देख्ने मान्छेले नेपाल कि आमा भन्दथे।आज फेरी फटा फट तारे साहुको खेतमा पुग्नु थियो।यता सबैले कुसे आउँसि मनाउँदै थिए तर कल्पि साहुको खेतमा मोल बोकेर हिड्दै थिईन। आफु भोकै बसेरपनि आफ्ना बाल बच्चालाई इष्टपुष्ट गराउन र शिक्षित गराउँन।२३-४-२०२

चर्चामा

सम्बन्धित समाचार