बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्वार्ता
  • कोरोनालाई परास्त गर्ने बेला हो, नेताबीच कुस्ती खेलाउने होइन-माधवकुमार नेपाल

कोरोनालाई परास्त गर्ने बेला हो, नेताबीच कुस्ती खेलाउने होइन-माधवकुमार नेपाल

  • मङ्लबार, बैशाख ९, २०७७
कोरोनालाई परास्त गर्ने बेला हो, नेताबीच कुस्ती खेलाउने होइन-माधवकुमार नेपाल

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सरल स्वभावका छन् । उनी समन्वयकारी र धैर्यवान नेताको परिचय बनाउन सफल छन् । कोरोना भाइरसको महामारीमा राजनीतिक शक्तिसंघर्ष सोच्न पनि नहुने भन्दै सबै मिलेर जानुपर्ने बताएका छन् ।
सरकारले लकडाउनलाई झन् टाइट गरेको छ, जनताहरुले खान पनि पाएनन्, घर जान पाएनन् अब समस्याको समाधान कसरी हुन्छ ?
लकडाउन भनेको जो जहाँ हुनुहुन्छ त्यही ठाउँमा बस्ने र आफ्नो बारेमा त्यहाँको नगरपालिका अथवा वडा कार्यालयमा जानकारी गराउने । त्यसको लागि त्यहाँस्थित नगरपालिकासँग बजेट छैन भने केन्द्रीय उपलब्ध गराउँछ । त्यसबाट खानाको व्यवस्था गर्ने भनेर सरकारले निर्णय गरेको छ । त्यसको लागि आफू बस्ने ठाउँको लोकसन भयो भने सरकारले त्यहाँ खाद्य सामाग्री उपलब्ध गराउँछ ।
प्रधानमन्त्रीले जहाँ हुनुहुन्छ त्यही बस्नुहोस् भन्दै गर्दा सर्वोच्च अदालतले त घरजान चाहनेलाई सरकारले व्यवस्था गर्नुपर्छ भनेर निर्देशन गरेको छ नि ?
सर्वोच्च अदालतले काठमाडौंमै रहेकालाई भनेको होइन तर यहाँबाट हिंडिसकेका बाटोमा अलपत्र परेकालाई घर पुग्ने व्यवस्था गर भनेको मैले बुझेको छु । पैदल हिडेर काठमाडौं छाडेका र बाटोमा पुगेर अलपत्र परेका जसले खान नपाएका असक्त, महिला, सुत्केरीहरुलाई कम्तिमा मानवीय भावनाले व्यवस्था गर्नुपर्छ । उनीहरुका लागि जुन ठाउँमा पुगेका छन् त्यहाँस्थित स्थानीय सरकारबाट हुन्छ कि प्रधानबाट हुन्छ कि तिनलाई गन्तव्यमा पुग्ने व्यवस्था सरकारले गर्नुपर्छ भनेर अदालतले भनेको हो । त्यस्ता व्यक्ति उपर मानवीयता दर्शाउने काम गरौं । साथसाथै उनीहरुलाई सम्झाउने काम पनि गरौं ।
मानिसहरुलाई दुःख नभएको होइन, छन् । जस्तो दैनिक ज्यालादारी, मजदुर जो दिनभरि काम गरेर बिहान, बेलुका छाक टार्थे उनीहरुलाई समस्या छ । कतिपय विद्यार्थीहरु पनि होला, कोही कामको लागि आएका फर्किन नभ्याएका पनि होलान् । अर्को पनि समस्या छ, जस्तो विभिन्न होटल, रेष्टुँराहरुमा काम गर्नेहरुलाई पनि समस्या परेको छ । यस्तो व्यक्तिको पहिचान गरिकन राज्यले उचित सम्वोधन गर्नुपर्छ ।
जनताको त सरकारले सम्बोधन गरेन भन्ने छ, त्यस्तो व्यक्तिलाई घरमा पुर्याइदेउ भनेको छ नि सर्वोच्चले त ?
त्यस्ता समस्यामा परेकाहरुले सम्बन्धित ठाउँमा जानकारी गराउनुपर्छ । उनीहरु जहाँ समस्यामा परेका छन् त्यहाँ स्थानीय सरकार छ । उनीहरुको समस्या के हो ? कस्तो अवस्थामा सबेका छन् ? खान पाएका छन् कि छैनन् ? त्यसमा राज्यले ध्यान पु¥याउनुपर्छ । त्यसको लागि पीडितले आफ्नो अवस्थाको बारेमा सम्बन्धित वडा कार्यालय, नगरपालिकामा जानकारी गराउनुपर्छ । त्यति गर्दा पनि सरकारले सुनुवाइ गरेर भने आफ्नो गुनासो पोख्ने अन्य ठाउँहरु पनि छन् ।
खान, बस्न र सुत्न नै पाएका छैनन् अब के गर्ने भनेको ?
त्यस्तो छ भने कहाँ हो कस्तो अवस्थामा छन् त्यसको सूचना लिनुहोस् । जस्तो कतिपय शारीरिक रुपमा अपांगता भएका, बृद्धबृद्धा, बालबालिका, सुत्केरी, एकल महिला र दीनदुःखीको ठोस रुपमा डाटा लिएर तिनको लागि सरकारले तत्काल राहत उपलब्ध गराउनुपर्छ । यसको लागि अहिले विभिन्न स्रोतबाट रकमहरु प्रशस्तै जुटेको छ । तर, त्यसका निम्ति स्थानीय निकायले तेरो, मेरो नहेरी इमानदारीपूर्वक काम गर्नुपर्छ । यस्तो बेलामा पक्षपात गरेर जनतालाई ठग्ने काम गर्नुहुदैन । अहिले त सरकार र त्यसका प्रतिनिधिहरुले मानवीय भावनाका साथ इमानदारीपूर्वक काम गर्नुपर्छ ।
जनताको माग त कि हाम्रो परिवार अनुसार राज्यले खान दिनुपर्यो कि घर जान दिनुपर्यो भनेका छन् नि ?
त्यस्ता जनतालाई खानेबस्नेको व्यवस्था सरकारले गर्नुपर्छ । यदि जनताप्रति उत्तरदायी सरकार हो भने उसले नगरेर कसले गर्छ । यो बेलामा सरकारको अलावा सामाजिक संघसंस्थाहरुले पनि सहयोग गर्नुपर्छ । उपत्यका बाहिर जान लागेका र बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने उनीहरुलाई सरकारले खाने, बस्ने व्यवस्था गर्नुपर्छ । अब जनतालाई भोकै हुनबाट जोगाउन सरकारले जोडतोडका साथ काम गर्नुपर्छ ।
अहिले प्रधानमन्त्रीले चालेको कदममा माधव नेपालको समर्थन हो ?
अहिले सरकारले जहाँ बस्नुभएको छ, त्यही बस्नुहोस् भनेको ठिकै हो । त्यसमा तलमाथि गर्न थालियो भने त लकडाउन नै भएन नि । पछिल्लो समय जसरी भाइरसको प्रकोपहरु बढ्दै गयो त्यसको लागि त राज्यले जहाँ हुनुहुन्छ त्यही बस्नुपर्छ भन्ने हो । यदि कसैलाई नगइनहुने छ, त्यस्तै खालको मानवीय समस्या छ भने त्यस ठाउँको स्थानीय सरकारले उहाँहरुको उचित व्यवस्था गर्नुपर्छ । त्यसको लागि त्यहाँस्थित जिल्ला प्रशासन, नगरपालिका र वडा कार्यालयहरुले उहाँहरुको व्यवस्थापन गर्नुपर्छ । यसरी समस्यामा परेका जनतालाई यो सरकारले ध्यान नदिने कुरै आउँदैन, दिनैपर्छ ।
सुत्केरी, बालबालिका, असक्तहरु पनि काखमा बच्चा च्यापेर भोकभोकै हिँडिरहेका छन् नि ?
कतिपय अब के हुने हो भनेर अत्तालिएर हिडेका होलान, कतिपय साँच्चिकै खान, बस्नकै समस्याले हिडेका होला । कतिपय घरायसी समस्याका कारण परिवारको हेरविचारका लागि हिंडेका होलान् । त्यस्ता अलपत्र परेका मानिसहरुलाई सरकारले उहाँहरुको गन्तव्यमा पुग्नको लागि तुरुन्त व्यवस्था गर्नुपर्छ । यसरी आधा बाटोमा पुगेर अलपत्र परेका व्यक्तिहरुलाई राज्यले रोक्ने गर्नुहुँदैन । लकडाउन पनि धेरै नजाला १५ गतेसम्म सरकारले तोकेको छ, त्यतिन्जेलको लागि धैर्य गरौं ।
अब ठ्याक्कै भन्नुहोस् है, सुत्केरी महिलाले काखमा बच्चा च्यापेर खुट्टा सुन्याउँदै हिँडिरहँदा उसलाई घर पु¥याउने काम सरकारको हो कि होइन ?
त्यस्ता व्यक्तिहरुलाई सरकारले तुरुन्त घर पु¥याउनुपर्छ ।
बृद्धबृद्धा, बालबालिकालाई सुरक्षित घरमा पु¥याउने काम सरकारको हो कि होइन ?
हो नि किन होइन ? बिरामी, सुत्केरी, बृद्धबृद्धा, बालबालिका, महिलालाई घरमा पु¥याउनै पर्छ । ती सुत्केरीलाई कति भोक लागेको होला । उनीहरुलाई सुरक्षित ढंगले घरमा पु¥याउनुपर्छ । फेरि यसो गर्दा पनि भोलि सरकारले लकडाउनको व्यवस्थापन गर्न सकेन भन्ने आरोप आउन सक्छ ।
आधा बाटामा पुगेकालाई घर पु¥याउनुपर्छ होइन ?
सकेसम्म उनीहरुलाई घर पुर्याउने काम गर्नुपर्छ । होइन भने त्यही ठाउँमा खानपिन र बस्ने व्यवस्था मिलाउनुपर्छ ।
अहिलेको अवस्थामा केपी ओली सफल प्रधानमन्त्री हो ?
यहाँ सफल, असफल भन्ने भन्दा पनि विभिन्न वाधा, अड्चनका साथ कामहरु भइराखेका छन् । मानिसका जीवनसँग जोडिएका कतिपय कामप्रति सरकार उत्तरदायी हुनुपर्छ । त्यो काम वर्तमान सरकारबाट भइराखेको मैले पाएको छु ।
त्यसोभए सरकारको कदमले कोरोनाविरुद्धको युद्धमा नेपाल विजयी हुन्छ ?
अवश्य पनि हुन्छ । यो सरकारलाई प्रमुख प्रतिपक्षदेखि सबै पार्टीको सहयोग र समर्थन छ । त्यसैगरी मानवअधिकार, नागरिक समाज र मिडियाले पनि सही सूचना सम्प्रेशण गरेर सहयोग पुर्याइरहेको छ । त्यसकारण यो सरकार पोजेटिभली सहयोग गर्ने संख्या ठूलो छ । थोरै मान्छेहरुले केही नेगेटिभ कुरा गरेका छन् । अरुले नेगेटिभ कुरा गरेभन्दा पनि आफैले राम्रो हुनुपर्यो । राम्रो गरियो भने कसलाई आलोचना गर्ने मौका हुन्छ । मानिसभित्र मानवीय भावना हुनुपर्छ, त्यो नै भएन भने के को राजनीतिक गर्नु । त्यसमा पनि अझ वामपन्थी सरकार भएको बेलामा त आमजनताको हेरविचार हुनुपर्छ । त्यसको लागि सरकारले सोच्नुपर्छ ।
अर्का अध्यक्ष प्रचण्डले त उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्छ भन्नुभयो, प्रधानमन्त्रीले मान्नुभएन सरकार र पार्टीको सम्बन्ध कस्तो छ अहिले ?
अहिले पार्टी र सरकारको सम्बन्ध एकदमै राम्रो छ । मुख्य समस्या भनेको अहिलेको कोरोनाविरुद्ध लड्ने कुरा हो । त्यसमा यो सरकारलाई सहयोग गरेर जानुपर्छ । यो बेलामा अन्त, अन्त ध्यान दिने कुरा उचित होइन ।
त्यसोभए यो समस्याको समाधान सरकारले गर्छ, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्दैन ?
सरकारले नगरे कसले गर्छ । यो समस्याको समाधान सरकारले नै गर्नुपर्छ । गरेरै छाड्छ ।
त्यसोभए प्रधानमन्त्री ओली, प्रचण्ड र तपाईंबीचमा राम्रो सम्बन्ध छ ?
अहिलेको बेलामा राम्रो नहुने कुरै हुँदैन नि । अहिले झन् मुलुकमा राष्ट्रिय संकट आएको यस्तो बेलामा पनि झगडा गरेर बस्ने होर ।
तपाईंहरुले प्रधानमन्त्रीको विकल्प खोज्नुभएको छैन, ५ वर्षको लागि ओली नै हो ?
कोरोना भाइरसको कुरा गर्नुहुन्छ फेरि प्रधानमन्त्रीको कुरा गर्नुहुन्छ । अहिले सबै मिलेर कोरोना भाइरसविरुद्ध लड्ने हो । त्यसको लागि सरकारलाई हामीले उचित सल्लाह, सुझाव दिने हो ।
तपाईंले त सरकारको विकल्प खोज्न थाल्नुभएको छ भनेर समाचारहरु आइरहेको छ नि ?
त्यस्तो केही कुरा छैन ऋषिजी । तपाईंहरु खाली त्यस्तै हल्लामा जानुहुन्छ ।
तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि राजनीति बजारमा त ?
बजारमा चेलेको हल्लाको पछि लागेर ‘कागले कान लग्यो’ भन्दा कागको पछिपछि लाग्ने होर ।
तपाईं र प्रचण्डबीचमा नयाँ गठबन्ध सरकारमा जाने सहमति भइरहेको छ रे नि ?
तपाईंको कामै कसरी विवादमा ल्याउने । सरकार र नेताबीच कसरी कुस्ती खेलाउने भन्ने मिडियाको कामै हो ।
त्यसोभए प्रधानमन्त्रीले अहिले जनताको मन जित्न सक्नुभएको छ भनेर तपाईं भन्न सक्नुहुन्छ ?
अहिलेको बेलामा सरकारले राम्रो काम गरे जनताबाट प्रशंशा पाउने हो । नराम्रो काम गरे आलोचना पनि हुन्छ । समग्रमा अहिले सरकार ठिकै काम गरिरहेको छ ।
स्वास्थ्य सामाग्री खरिदमा पनि सरकार विवादमा पर्यो, तपाईलाई के लाग्छ, भ्रष्टाचार भएको छ कि छैन ?
यसमा धेरै कुराहरु उठको छन् । खरिद गरिसकिएको स्वास्थ्य सामाग्रीमा पनि कुरा उठेको छ । फेरि टेण्डर गर्नेमा पनि कुरा उठेको छ । तर, त्यो तथ्यसंगत हुनुपर्छ । र, त्यसको उचित रुपमा छानविन हुनुपर्छ ।
रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालको प्रधानमन्त्रीले राम्रो काम गरेको भनेर प्रशंशा गर्नुभयो तपाईं कता हुनुहुन्छ ?
होइन तपाईं मलाई कहाँ–कहाँको कुरा ल्याएर सोध्नुहुन्छ । त्यसमा जे भएको भएपनि उहाँहरु जान्नुहुन्छ । यो विषयमा मलाई थाहा भएन ।
स्वास्थ्य सामाग्रीहरु चिकित्सकहरुले पाएका छन् ?
सातै प्रदेशमा पुर्याइसकेको भन्ने खबर पाएको छु । केही केही ठाउँमा लगिँदैछ भनिएको छ । केही ठाउँमा आवश्यक भएको समाचार आएका छन् ती ठाउँहरुमा तुरुन्त सामाग्री पुर्याउने हो

चर्चामा

सम्बन्धित समाचार