शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • देउडा गितलाई बजार जमाउदै अछामका कलाकार भिम बिष्ट (अछामी रेखा)

देउडा गितलाई बजार जमाउदै अछामका कलाकार भिम बिष्ट (अछामी रेखा)

  • मङ्लबार, बैशाख ९, २०७७
देउडा गितलाई बजार जमाउदै अछामका कलाकार भिम बिष्ट (अछामी रेखा)

 राजेन्द्र बहादुर रोकाया/  बैसाख ०९– , बाजुरा सानै देखि गित संगित क्षेत्रमा लगाब भुकाब राख्दै आएका अछाम जिल्लाका कलाकार भिम बिष्ट (अछामी रेखा) पछील्लो समय दिन प्रति दिन बजार जमाउदै आएका छन् । बिषेश गरी देउडा क्षेत्रमा रुचि राख्दै आएका बिष्ट एक पछी अर्को गितमा उहाँले गर्नुभएको अभिनय र उहाँले गर्नुभएको निर्र्देशन दर्षक स्रोताले निकै मन पराउने गरेका छन् । बहु प्रतिभाका धनी बिष्ट लामो समय देखी देउडा क्षेत्रमा आबद्ध हुनुहुन्छ । उहाँ महिलाको पहिरनमा बिभिन्न मेला महोत्सबा समेत प्रस्तुती देखाउदै आउनुभएको छ । अछामजस्तो विकट जिल्लामा जन्मिनुभएका बिष्टले सुदुरपश्चिमकोे वास्ताबिक पहिचान लाई प्रचार प्रसार गर्न र सास्कृतक सम्पदा लाई उजागर गर्ने जस्ता दर्जनौं भन्दा बढी गितमा अभिनय तथा निर्देशन गरीसकेका छन । बिभिन्न दुख कष्ट पछि संगित यात्राको शुरुवाती गरेका बिष्टले यो संगित क्षत्रले वास्तविक जिवन जिउने र आपनो भाग्य र संगितको यात्रा गराउनमा पाठ सिकाएको बताईए । गित संगितको यात्रामा पाईला टेकेका बिष्टले पछिल्लो समयमा दर्शक स्रोताको माया धेरैनै पाईराखेका छन् । पछिल्लो समय दिन प्रतिदिन बजारमा गित ल्याउदै आएका छन । ११ महिना अघाडी मात्रै बजारमा देउडा गायक चन्द्र साउँद र गौरी भट्टको स्वर रहेको काँ धड्किन्छै मुटु नामक देउडा गित बजारमा आएको थियो । जसमा गाएक चन्द्र साउदको नै लय शब्द रहेको छ । चन्द्र साउद सुस्मीता कुंवर प्रेम साउदको अभिनय रहेको उक्त गितमा बिष्टको नै निर्देशन रहेको छ । उक्त गित एक बर्ष नपुग्दै १० लाख बढी दर्षक तथा स्रोताले मन पराएका छन् ।

चर्चामा

सम्बन्धित समाचार