शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • लकडाउनले तरकारी कुहिन थालेपछी, ज्ञान केन्द्रका प्रमुख घरमै पुगेर ढुवानी गर्दै

लकडाउनले तरकारी कुहिन थालेपछी, ज्ञान केन्द्रका प्रमुख घरमै पुगेर ढुवानी गर्दै

  • शुक्रबार, बैशाख ५, २०७७
लकडाउनले तरकारी कुहिन थालेपछी, ज्ञान केन्द्रका प्रमुख घरमै पुगेर ढुवानी गर्दै

बाजुरा ५ बैशाख– लकडाउनको समस्यामा परेका बाजुराका कृषकहरुको तरकारी बारीबाट उठाएर बजारसम्म कृषि ज्ञान केन्द्र बाजुराले गरिदिएको छ । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाबिन्द्र सिजापती आफै किसानको घरमा पुगेर तरकारी संकलन गरि बजारमा पुर्याउने काम गरिदिएपछी किसानहरु खुसी भएका छन् । कोरोना भाइरस कोभिड–१९ का कारण भएको लकडाउनले बाजुरा जिल्लाका तरकारी उत्पादक किसानहरु मर्कामा परेका छन् । समयमै तरकारी ढुवानी नहुँदा तरकारी किसानको तरकारी बारीमै कुहीन थालेको छ । सबैतिरका बजार बन्द र आवत जावत तथा तरकारी ढुवानीको समस्या भएपछि बारीको तरकारी बारीमै कुहीन थालेको कृषकहरुले दुखेसो गरेका छन् । लकडाउन शुरु हुँदा बिक्रीका लागि तयार भएको बन्दा फर्सी लगायतका तरकारी यतिबेला बजारमा ढुवानी गर्न सकिरहेका छैनन् । ग्रमामिण क्षेत्रका किसान निकै मारमा परेका भए पनी कालोपत्रे सडक भएको ठाउँका किसानहरुको तरकारी भने सहज रुपमा ढुवानी गर्न कृषि ज्ञान केन्द्र बाजुराले आफ्नै गाडी प्रयोग गरिरहेको छ ।
किसान व्यावसायिक तरकारी खेती गर्दै आइरहे पनि लकडाउनका कारण करोडौंको तरकारी बारीमा सडने बताएका छन् । ’टिप्नुपर्ने तरकारी पनि अब काम नलाग्ने भइसकेको अबस्थामा कृषि ज्ञान केन्द्रले आफनै गाडी ल्याएर बजार सम्म नलगिदिएको भए लाखौको घाटा बेहोर्नु पर्ने थियो बडिमालिका नगरपालिका वडा न ६ का किसान महेन्द्र धामीले बताए । उनले भने लकडाउन लम्बिएपछि थप समस्या हुने देखीएको ३।४ रोपनी प्याज, काउली बन्दा धनीया लगायतको तरकारी सबै खेर जाने बताएका छन्
कृषि ज्ञान केन्द्र बाजुराले एक दिन फरक पारेर कार्यालयको गाडी किसानका घरमै लिएर गाडीमा तरकारी भरेर सदरमुकाम लगायत बाक्लो बस्ती भएका बजारमा बितरण गर्दै आएकोले कृषकहरुलाइ सहज भएको बुढिगंगा नगरपालिका २ ताप्रीसेराका तरकारी कृषक कृष्ण बहादुर थापाले बताए ।
सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति गर्ने व्यवस्था गर्ने भने पनि लकडाउनको प्रत्यक्ष प्रभाव बाजुराका तरकारी उत्पादन गर्ने किसानहरुमा परेकोछ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले छिटै नष्ट हुने तथा दैनिक अत्यावश्यकीय फलफूल, तरकारी लगायतको आपूर्ति प्रभावित भएको बुढिगंगा नगरपालिका वडा न २ का वडा अध्यक्ष हिरा थापाले बताए ।

संकलन केन्द्रमा ठुला ट्रकहरु लिएर नियमित तरकारी लिन आउने व्यापारीहरु लकडाउनमा परेका र किसानहरुले भएको तरकारी पनी बिक्री गर्न नपाउने भएपछि सडकको छेउछाउँमा रहेका कृषकहरुको तरकारी बजार सम्म पुर्याउन केही मदत गरिदिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द्र सिजापतीले बताए ।
बाजुरा जिल्ला पुरै लकडाउनमा भएको समयमा बाजुराका किसान र मजदुर भने प्रतक्ष रुपमा प्रभाबित बनेका छन् । जिल्लामा सहज सडकको पहुच नभएकै कारण हरेक किसानले लगाएको तरकारी सहज रुपमा बजारसम्म पुर्याउन निकै कठिन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार