बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • कैलालीमा अध्यायन गर्ने बाजुरा लगायत पहाडी जिल्लाका बिद्यार्थीलाइ मन्त्री शाहद्धारा राहत बितरण

कैलालीमा अध्यायन गर्ने बाजुरा लगायत पहाडी जिल्लाका बिद्यार्थीलाइ मन्त्री शाहद्धारा राहत बितरण

  • शुक्रबार, बैशाख ५, २०७७
कैलालीमा अध्यायन गर्ने बाजुरा लगायत पहाडी जिल्लाका बिद्यार्थीलाइ मन्त्री शाहद्धारा राहत बितरण

बाजुरा ५ बैसाख– बाजुरा बाट अध्यायनको सिलसिलामा डेरा गरी कैलालीका बिभिन्न ठाउँमा बस्ने बिध्यार्थिलाई मध्यनजर गरी सुदुरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाहद्धारा राहत साम्रगी बितरण गरिएको छ ।
लकडाउनमा परी डेरामा बस्तै आएका बाजुराका करिव ८० जना भन्दा बढि बिद्यार्थीहरुलाई राहत बितरण गरीएको हो ।
बाजुरा लगायत पहाडी जिल्लाबाट अध्यायनको सिलसिलामा डेरा गरी धनगडीका बिभिन्न ठाउँमा गएर आन्तरीक मामिला तथा कानुन मन्त्रीका स्वकिय सचिव जंग बिक र बिद्यार्थी नेता केपी रेग्मीले सबैको डेरामा पुगेर राहत साम्रगी बितरण गरिएको सुदुरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रीका निजी स्वकीय सचिव जंग बिकले बताएका छन् । मन्त्री शाहको आफ्नै सहयोगमा धनगडीमा लकडाउनका कारण समस्यामा परेका बिद्यार्थीहरुलाई राहत उपलब्ध गराएको बिकले बताए ।
मन्त्रीले ब्यक्ती गतरुपमा दिएको सहयोगले बाजुरा लगायत पहाडी जिल्लाबाट अध्यायनको शिलशिलामा धनगढीमा बस्दै आएका बिद्यार्थीहरुका लागि केही राहत उपलब्ध गराएको र अझै डाटा संकलन जारी रहेकोले भेटाए जती सबै जनालाई राहत साम्रगी बितरण गरिने बिकले बताएका छन् ।
राहत साम्रगी मन्त्रीका स्वकिय सचिव जंगं बिक र बिद्यार्थी नेता केपी रेग्मी लगायतको टोलीले घर घरमै गएर राहत बितरण गरेको केपी रेग्मीले बताएका छन् ।
डेरा गरी बसेका र लकडाउनको समस्यामा परेका बिद्यार्थीहरुका लागि यसपछी सरकारको तर्फबाट पनी सहयोग गर्ने आन्तरिक मामीला तथा कानुन मन्त्रीका स्वकिय सचिव जंग बिकले बताएका छन् । हाल कैलालीमा बस्दै आएका पहाडी जिल्लाका बिद्याथीहरुको तथ्याङक संकलन जारी रहेको उनले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार