बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • लकडाउनको समयमा कसैको चुलो निम्न दिदैनौ : अध्यक्ष रोकाया (भिडियो सहित)

लकडाउनको समयमा कसैको चुलो निम्न दिदैनौ : अध्यक्ष रोकाया (भिडियो सहित)

  • शुक्रबार, चैत्र २८, २०७६
लकडाउनको समयमा कसैको चुलो निम्न दिदैनौ : अध्यक्ष रोकाया (भिडियो सहित)

लक्ष्मीराज पाध्याय/ बाजुरा २८ चैत्र — देशभर लकडाउन भएका बेला गौमुलमा पनी कुनै पनी जनताको चुलो निम्न नदिने गौमुल गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले बताएका छन् ।
बडिमालिका खवरको नियमीत कार्यक्रम कोरोनाको कहरमा स्थानीय तहको भुमीका बिषायक बहस कार्यक्रममा अध्यक्ष रोकायाले बताएका हुन । गाउँमा पैचो रिण सापटी र गाउँपालिका बाहिरबाट भए पनी आफ्ना गाउँपालिकाका जनताका लागि पुर्ब तयारी गरेको हरेक वडामा २० कुइन्टल खाद्यन्नको ढुवानी गर्ने कामहरु गरीरहेको अध्यक्ष रोकायाले बताए ।
हाल गाउँमा कोराना भाइरसका बिषयमा पनी प्रचार प्रशार र पुर्ब तयारी गरिरहेका छौ । हाल लकडाउनको पुर्ण पालन गरिरहेका छौ कुनै ठाउँमा सामान्य रुपमा कही कतै भए पनी लकडाउनको पुर्ण पालना आफ्ना गाउँपालिकाका जनताले गरिहेको छन् अध्यक्ष रोकायाले बताए ।
बिश्व कोरोनाको संक्रमणमा जुधिरहेका बेला खटिएका स्वास्थ्यकर्मीहरुका लागि जगन्नाथ गाउँपालिकाले केही ब्यबस्था गरीसकेको अध्यक्ष रोकायाले बताए । त्यसै गरि हाल बिश्वमा कोरोना भाइरस कोबिट १९ को संक्रमणले ग्रसित रहेको र यो समयमा स्वास्थ्यकर्मीहरु निकै जोखीममा रहेकाले स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न केही सघिंय सरकारले गरेको भए पनी गाउँपालिकाले पनी थप हौसला स्वरुप भत्ताको ब्यबस्थापन गरिसकेको अध्यक्ष रोकायाले बताए ।
गाउँ गाउँमा कती मान्छे छन राहत पाउने खालका मान्छेलाई कसरी राहत दिन सकिन्छ भन्ने कुरामा सबै वडाअध्यक्ष देखी कर्मचारी सबै लागिपरेका छन् गाउँपालिका अध्यक्ष रोकायाले बताए ।
राहत दिनु अगाडी हाल गाउँमा वडाअध्यक्षहरु वडा सचिवहरु तथ्याड्ढ संकलन भइरेको र केही दिनमा खान नपुग्ने दैनीक ज्यालामा काम गरि खानेहरुका लागी र खाद्यन्नको ब्यबस्थापन गरिहरेको अध्यक्ष रोकायाले बताएका छन् ।
साथै गाउँमा उत्पादन भएको कोदो जौ मकै पनी गाउँमा सापटी माग्ने र किन बेच गरेर पनी गौमुल गाउँपालिकामा भोकमरी हुन नदिने गाउँपालिका अध्यक्ष रोकायाले बताए ।

https://youtu.be/VrDjBBNgJuA

चर्चामा

सम्बन्धित समाचार