शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • कैलाली र कञ्चनपुरमा संकलित ६६ नमुनाको रिपोर्ट नेगेटिभ

कैलाली र कञ्चनपुरमा संकलित ६६ नमुनाको रिपोर्ट नेगेटिभ

  • बिहिबार, चैत्र २७, २०७६
कैलाली र कञ्चनपुरमा संकलित ६६ नमुनाको रिपोर्ट नेगेटिभ

२७ चैत, काठमाडौं । कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा त्यसमध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनकाअनुसार काठमाडौं उपत्यकाका क्वारेन्टाइन स्थलमा रहेकाहरुको पनि कोभिड–१९ को संक्रमण भए नभएको परीक्षण गर्ने तयारी भइरहेको छ । अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार