शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • लकडाउन उल्लघन गर्ने ३८ जना नियन्त्रणमा एक्बुलेन्स देखी जीप सम्म कार्बाही

लकडाउन उल्लघन गर्ने ३८ जना नियन्त्रणमा एक्बुलेन्स देखी जीप सम्म कार्बाही

१ हजार ७ सय ९२ लिटर घरेलु मदिरा नस्ट

  • शनिबार, चैत्र २२, २०७६
लकडाउन उल्लघन गर्ने ३८ जना नियन्त्रणमा एक्बुलेन्स देखी जीप सम्म कार्बाही

बाजुरा २२ चैत्र — बाजुरा जिल्लामा लकडाउन उल्लघन गर्ने ३८ जना कार्बाहीमा परेका छन । लकडाउनको उल्लघन गर्ने १ एम्बुलेन्स र १ जिप र १० ओटा मोटर साइकल समेत जिल्लाका बिभिन्न स्थानमा कार्बाहीको दायरामा ल्याएको छ ।
लक डाउनको ११ औँ दिनसम्म जिल्लाका बिभिन्न स्थानमा बिभिन्न समयमा प्रहरीको कार्बाहीमा परेका  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराईले बताएका छन् । त्यसै गरी लकडाउनको समयमा जिल्लाका बिभन्न ठाउँमा खटिएको प्रहरी गस्तीले १ हजार ७ सय ९२ लिटर घरेलु मदिरा र ८० पेटी सौफी रक्सी ओरेन्ज नामक रक्सी समेत नस्ट गरेको प्रहरी नायव उपरिक्षक भट्टराईले बताएका छन् ।


से १ ज१०१८ नम्मरको जिप लकडाउनको समयमा १२ जनालाई कैलालीको अत्तरीयबाट आएको र सो जीपलाई समते कार्बाही गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यस्तै से १ च ५२४ नम्मरको एम्बुलेन्सले समेत बिरामी बोकेको बाहानामा अन्य मान्छेलाई धनगढीबाट लकडाउनको उल्लघन गरेको भन्दै अछामका चौखुट्टे प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बाजुराले कार्बाही गरेको प्रहरी नायव उपरिक्षक भट्टराईले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय र बिभिन्न प्रहरी चौकीले बाजुरा जिल्लामा लकडाउनको उल्लघन गरी भलिवल, ब्याडम्यान्टीन खेलीरहेको अबस्थामा फेला पारी भलिवल नेटर ब्याडम्यान्टीन समेत जफत गरेको र खेलीरहेका बालबालिका सबैलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यसै गरी बिभिन्न स्थानमा रहेका हेल्थ डेस्कमा ४ हजार १ सय १५ जनाको स्वास्थ्य चेकजाजमा समेत प्रहरीले सहयोग गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार