बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी बजार क्षेत्रमा कोराना बिरुद्ध किटनाशक औषधि छर्कियो

मार्तडी बजार क्षेत्रमा कोराना बिरुद्ध किटनाशक औषधि छर्कियो

  • आइतवार, चैत्र १६, २०७६
मार्तडी बजार क्षेत्रमा कोराना बिरुद्ध किटनाशक औषधि छर्कियो

बाजुरा १६ चैत्र– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आज नेपाली सेनाले कोरोना भाइरस बिरुद्धको. किटनाशक औसधी छर्केको छ ।
बडिमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र बाजुरा स्वास्थ्य कार्यालय बाजुराको सयूक्त प्रयास तथा नेपाली सेना समरजित गुल्मको सहकार्यमा बजारका मुख्य मुख्य ठाउँमा किटनाशक औषधी छरेको समरजित गुल्मका गुल्मपती रबिन श्रेष्ठले बताए ।
स्वास्थ कार्यालयबाट औषधी र कृषि ज्ञान केन्द्र बाजुराले औषधी छर्किने भाडाहरु सहयोग गरेर बजार क्षेत्रमा केही हतसम्मका लागी किटनाशक औषधी छर्किएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन् । उनले सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने काम लगायत अन्य कार्यलाइ समेत निरन्तरता दिइरहेको बताए ।


यो विश्वव्यापी रूपमा फैलिएको महामारीका बेला सबैको साथ र सहयोग अपरिहार्य छ । उनले बाटो सफा गर्ने, किटनाशक औषधि छर्किने लगायतका कामलाई भए जतीको औषधी प्रयोग गरिएको बताए ।
कोरोना भाइरसको सङ्क्रमणलाई नगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको र नगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिएको बडिमालिका नगरपालिका प्रमुख बडुवालले बताए । सदरमुकाम मार्तडीमा रहेका सबै भन्दा बढि मान्छेको आवत जावत हुने ठाउँ र केही दिन देखी क्वारेन्टाइन बनाएको स्थल मालिका माद्यामीक बिद्यालयको वरीपरी किटनाशक औसधी छरेको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताए ।
अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन सो औषधीले केही राहत गर्न सक्ने नगरप्रमुख बडुावालले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार