शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • कोरोना कोषमा नेल्टाको १ लाख सहयोग

कोरोना कोषमा नेल्टाको १ लाख सहयोग

  • शनिबार, चैत्र १५, २०७६
कोरोना कोषमा नेल्टाको १ लाख सहयोग

नेपाल पशु सेवा प्राविधिक संघ (नेल्टा)ले कोरोना भाईरस संक्रमण रोगकथाम नियन्त्रण तथा उपचार कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारका लागि सरकारले सुरु गरेको कोषमा सहयोग गर्ने नेल्टाले एक विज्ञप्ती जारी गरी जनाएको छ ।

नेल्टाका अध्यक्ष जनक रावलका अनुसार पशुपन्छी स्वास्थ्य सेवालाई पनि अति आवश्यक सेवाको सूचीमा राख्न नेल्टाले माग गरेको छ । त्यस्तै, हालको संकटमा सरकारले योजना बनाए सुरक्षित तरिकाले कोरोना संक्रमण नियन्त्रणको अभियानमा नेल्टाका सदस्यहरुसमेत सामेल हुन सक्ने उनले बताए । साथै नेल्टाले वर्तमान संटककालमा सरकारले कोराना संक्रमण रोक्नकै लागि घरबाहिर नजान अपिल गरेको वस्थामा आफ्नै जीवन रक्षाका लागि गरिएको आग्रह ठानी घरबाहिन ननिस्किएर सरकारलाई हयोग गर्न पनि नेल्टाले सबैलाई आह्वान गरेको छ ।

नेल्टाले आफ्ना जिल्ला संघहरुलाई समेत राहत कोषमा गच्छेअनुसार रकम जम्मा गरी सहयोग गर्नसमेत आह्वान गरेको संघमा महासचिव सुरेश श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । #साभार

नेल्टाकाे विज्ञप्तीकाे पूर्णपाठ यस्ताे छ

                                                       हार्दिक अपिलः
प्रस्तुत विषयमा चिनको हुवान शहरवाट शुरु भई विश्व भरी महामारिको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस संक्रामक सरुवा रोगका कारणले गर्दा यति वेला विश्व मानव समुदाय तथा अकल्पनिय रुपवाट मानविय क्षती र अन्य संभावित थप क्षतिहरुलाई कम गर्नको लागि विश्वनै आ आफ्ना श्रोत साधन, शिप, विवेक, प्रविधिहरुको प्रयोग गरि संक्रमण फैलिन रोक्ने प्रयास गरि रहेको छ ।

विश्व समुदायको मानव शत्रुको रुपमा फैलिरहेको काेभिड–१९ कोरोना भाईरस नेपालमा समेत देखिए पश्चात नेपाल सरकारले २०७६/१२/११ गते देखि १८ गते सम्म एक हफ्ता सम्मको लागि देशभर लकडाउनको घोषणा गरिएको अवस्थामा हामी सवै जनसामुदायहरुले सरकारको निर्णय कार्यान्वय गर्नको लागि आफ्नै लागिर मेरै लागि हो सम्झेर सवै जना घर मै वसौ अत्यावश्यक काम वाहेक वाहिर ननिस्कन समेत हार्दिक अनुरोध गर्दछौ । यस अफ्ठयारो समयमा हामी नेपाली मात्र नभई विश्व भरिका मानव समुदायहरुले नै सामना गरिरहेको छ । साथै विश्वभरि एवम नेपालका पशुपालक कृषकहरु एवम पशुपंछीहरु समेत मारमा रहेको प्रति यस संघको ध्यानाकर्षण भएको छ र अधिकाश रोगहरु पशुपन्छीहरुवाट मानसिमा सर्ने भएको हुदा र विश्व पशु स्वास्थ्य संगठनको अनुसार पशुपन्छी सेवा अति आवश्यक सेवाको रपमा रहेको हुदा पशुपन्छी स्वास्थ्य सेवा लाई अति आवश्यक सेवाको रुपमा राख्न समेन नेपाल सरकार संग जोडदार माग गर्दछौ । यस संघ ले स्थापना समय देखिनै पशु स्वास्थ्य सेवामा समर्पित पेशाकर्मीहरुको हक हित, पशुपालक कृषकहरुको सेवामा समर्पित पशु स्वास्थ्य सेवा, शुसासन सहित देश र जन्ताको सुखःदुख र सरोकारको विषयहरुमा अविछिन्न रुपमा सहयोग सहकार्य गर्दै आईरहेको हुदा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले विश्व व्यापि रुपमा संक्रमण फैलिएको काेभिड–१९ को महामारी रोगसँग जुध्न नेपाल सरकारले गरेको तयारिमा सुरक्षित स्वास्थ्य सामग्रिहरु सहित खटाईएमा यस अभियानमा सरिक स्वास्थ्यकर्मिहरुका अतिरिक्त व्यवस्थापकिय एवम जन चेतनामुलक कार्यमा खट्न नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) सदैव तयार रहेको व्यहोरा नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं ।

साथै विश्व जगतले महामारी रोगको संक्रमणको रोकथाम नियन्त्रणमा सहयोग पुरयाउने उद्देश्यले नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) केन्द्रीय कार्य समितिको तर्फवाट कोरोना भाईरस संक्रमण रोगकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरी रु. १०११११। (अक्षरेपि रु. एक लाख एक हजार एक सय एक रुपैयाँ) आर्थिक सहयोग गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं ।

साथै कोरोना भाईरस संक्रमण रोगकथाम नियन्त्रण तथा उपचार कोषको राष्ट्रिय बाणिज्य बैंकको च.हि.न. १९६०००००११०१ मा जम्मा गर्न र सम्वन्धित कार्य क्षेत्रमा गै जस्तो सुकै प्रकारको सहयोग जुटाउन सकिन्छ सोहि अनुसारको सहयोग गर्नु हुन यस संघको सवै जिल्ला कार्य समितिर प्रदेश कार्य समितिहरुलाई हार्दिक अनुरोध गर्दछौ साथै अन्य सवै संघ सस्थाहरु एक जुट भई सहयोगमा जुटन हुन हार्दिक अपिल गर्दछौं । जय नेल्टा । जय नेपाल ।

चर्चामा

सम्बन्धित समाचार