शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • युएईमा रहेका कोरोना संक्रमित २ नेपाली निको भए

युएईमा रहेका कोरोना संक्रमित २ नेपाली निको भए

  • मङ्लबार, चैत्र ११, २०७६
युएईमा रहेका कोरोना संक्रमित २ नेपाली निको भए

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका २ नेपालीमा कोरोनाको उपचार सफल भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको तर उनीहरूले स्वास्थ्य लाभ गरेको जानकारी दिएको हो।

युएईको स्वास्थ्य मन्त्रालयबाट संक्रमित २ जना नेपालीलाई स्वास्थ्यलाभ भएको जानकारी दिएको हो। यसअघि त्यहाँको स्वास्थ्य मन्त्रालयले नै २ नेपालीमा कोरोनाको संक्रमण देखिएको र उनीहरूको उपचार भइरहेको जानकारी दिएको थियो।

आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख डा फरिदा अल होसेनीले पत्रकार सम्मेलन आयोजना गरी २ नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएकी जानकारी दिएकी हुन्। यो समाचार द नेसनलले प्रकाशन गरेको छ। निको हुने अर्को एक जना भने इरानी नागरिक रहेकोसमेत फरिदाले जानकारी दिइन्। युएइमा कोरोना संक्रमित ४१ जनाले निको भएका छन्। स्वास्थ्य खबर पत्रिका

चर्चामा

सम्बन्धित समाचार