शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • हिमाली गाउँपालिकामा हेल्थ डेस्क स्थापना

हिमाली गाउँपालिकामा हेल्थ डेस्क स्थापना

  • मङ्लबार, चैत्र ११, २०७६
हिमाली गाउँपालिकामा हेल्थ डेस्क स्थापना

बाजुराकाे हिमाली गाउँपालिकाले नोबेल कोरोना भाइरस (COVID-19) परीक्षणको लागि हेल्थ डेस्क सूचारु गरेकाे छ । गाँउपालिकाकाे धुलाचौर र कवाडीमा गरी २ ठाँउमा हेल्थ डेस्क सूचारु गरिएकाे स्वास्थ्य सयाेजक राज भण्डारीले वताएका छन् ।

हुम्ला र बाजुरा जिल्लाको विचमा पर्ने कवाडीमा परापर्श तथा प्राथमिक परीक्षण केन्द्र (हेल्थ डेस्क) स्थापना गरि सुचारु गरिएको छ । त्यस्तै मुगु र बाजुराको सिमानामा पर्ने हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा पनि हेल्थ डेस्क स्थापना गरी चेक जाँच सुचारु गरिएको छ । गाँउपालिका अध्यक्ष  गाेबिन्द्र मल्लका अनुसार नोबेल कोरोना भाइरस (COVID-19) बिरुद्ध गाउँपालिकाले जस्तोसुकै परिस्थितीमा पनि लागि पर्ने तथा हालसम्म गाउँपालिका भित्र कोहीपनि नोबेल कोरोना भाइरस (COVID-19) बिरामी नरहेको हुँदा भ्रमपूर्ण हल्लाको पछाडी नलागि कुनैपनि नागरिकहरुले नआत्तिनु र व्यक्तिगत सरसफाई तथा स्वस्थ आनीबानिमा ध्यान पुर्‌याउनु पर्ने बताउनु भएको छ । बाजुरा र हुम्ला जिल्ला जोडिएको कवाडी सीमानामा दैनिक लगभग एक हजार भन्दा बढी सङ्ख्यामा आवतजावत गर्ने गर्दछन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (COVID-19) को उत्पती भएको चीनसँग सीमाना जोडिएको हुम्ला जिल्लाका प्रायः जसो सबै मानिसहरुको आवतजावत गर्ने स्थान पनि उक्त सीमाना बाजुरासँग जोडिएकोले अझ बढी जोखिमयुक्त रहेको छ । अहिलेसम्म राज्यको दृष्टीकोणले पछाडी परेको महशुस यहाँका जनताले गरिरहेको परीवेक्षमा हिमाली गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण गर्न थालिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले वताए । हेल्थ डेस्कमा चार-चार जना स्वास्थ्यकर्मी खटाईएको छ । गाउँपालिकाको आफ्नै श्रोतबाट हेल्थ डेस्क सञ्चालनका लागि आधारभूत आवश्यक पर्ने स्वास्थ्यकर्मी सुरक्षाको लागि पिपिई (Personal Protection Equipment) साथै ज्वरो नाप्ने उपकरण एवम् मास्क लगाएतका सामग्रीहरु खरिद गर्नको लागि सबै तिर खोज्दा पनि प्रयाप्त मात्रामा उपलब्ध गराउन नसकिएको  छ।

हिमाली गाउँपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीका अनुसार स्थानीय जनप्रतिनीधि, नेपाल प्रहरी, नेपाली सेनाका प्रतिनीधिसाथै अन्य सरोकारवालाहरुको माझ हाललाई दुई ओटा स्थानमा हेल्थ डेस्क सूचारु गरिएको बताए । अन्य दुई ओटा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको छ । हाललाई अत्यावश्यक सेवा बाहेक गाउँपालिकाका सबै सेवा आगामी १० दिनको लागि बन्द गरी विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (COVID-19) बिरुद्धका गतिबिधीहरुमा केन्द्रित भई काम गर्ने र नोबेल कोरोना भाइरस (COVID-19) बिरुद्ध गतिवीधिमा खटाईएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप दैनिक रु ५०० जोखिम भत्ता उपलब्ध गराउने गरी गाउँकार्यपालिका वैठकले निर्णय गरिएको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार