मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा पनि सार्वजनिक यातायात बन्द

सुदूरपश्चिममा पनि सार्वजनिक यातायात बन्द

  • सोमवार, चैत्र १०, २०७६
सुदूरपश्चिममा पनि सार्वजनिक यातायात बन्द

सुदूरपश्चिममा पनि आजदेखि सार्वजनिक यातायात सेवा पूर्ण रुपमा बन्द हुने भएको छ। यातायात व्यवसायीहरुले लामो दुरीमा बाहेक आन्तरिक सवारी साधन चलाउने बताएपनि बन्द गरिएको सुदूरपश्चिमका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले बताए।

उनले आज बिहान १० बजे भित्र भारतबाट फर्किएकाहरुलाई गन्तव्यमा पुगाईने भएपनि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी साधन चल्न नदिने जानकारी दिए।

यसअघि सुदूरपश्चिमका यातायात व्यवसायीहरुले लामो दुरी बाहेक आन्तरिक रुटहरुमा सवारी साधन चलाउने निर्णय गरेका थिए। तर सवारी साधन सञ्चालन गरेमा भीडभाड हुने भन्दै कोरोना भाईरसको जोखिम बढ्ने भन्दै रोक लगाईएको प्रहरीले जनाएको छ। दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार