शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका मुक्तक..काेराेना (काेभिड-१९) बाट बचाै

कलक राेकाया सानुका मुक्तक..काेराेना (काेभिड-१९) बाट बचाै

  • शनिबार, चैत्र ८, २०७६
कलक राेकाया सानुका मुक्तक..काेराेना (काेभिड-१९) बाट बचाै

१- माक्स लगाउ मुख खाेलि हिड्नु हुन्न,
साथि संग नजिक बाेलि हिड्नु हुन्न।
नमिलाउ हात नमस्कारकाे सत्कार गर्नु,
बिना काम ज्यानकाे बाजि माेली हिड्नु हुन्न।
२- जाने सुनेकाले घरमा ज्ञान दिनु हाेला,
श्वास बाट काेराेना सर्छ ध्यान दिनु हाेला।
हात मिलाउदै टासिएर भिडमा हिडे पछि,
अाफ्नै लापरबाहीले सर्छ भन दिनु हाेला।
३- हांछिउ गर्दा रुमालले मुख छाेप्नु पर्छ हजुर,
खुल्ला मुखमा काेराेना सबलाई सर्छ हजुर।
उमालेर खानु काम बाहेक अन्त कतै नजाउ,
भाईरल हुँदै महामारीले ठुलै असर गर्छ हजुर।
४- घर छाेडि प्रदेशिएका दाई पनि बचाै,
सबै अाफ्ना साथि भाई पनि बचाै।
हात धाेएर मात्र खाना खानु भनिदिउ,
अाफ्ना घरपारिवार लाई पनि बचाै।

~कलक राेकाया सानु
गाैमुल गाउपालिका वडा नं. ६
सालिकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार