आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा कोरोना भाइरस फैलिएको भन्दै अडियो क्लिपमार्फत अफवाह फैलाउने पक्राउ

नेपालमा कोरोना भाइरस फैलिएको भन्दै अडियो क्लिपमार्फत अफवाह फैलाउने पक्राउ

  • शनिबार, चैत्र ८, २०७६
नेपालमा कोरोना भाइरस फैलिएको भन्दै अडियो क्लिपमार्फत अफवाह फैलाउने पक्राउ

काठमाडौं — नेपालमा कोरोना भाइरस (कोभिड) १९ को संक्रमण फैलिएको र केही व्यक्तिको मृत्यु समेत भएको भन्ने आशयको अडियो रेकर्ड गराएर सामाजिक सञ्जालमा भ्रम फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भइ हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवक थापा मगर रहेका छन् ।

उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनले राजधानीको एक अस्पतालमा कोरोना संक्रमितको मृत्यु भइसकेको तर यसबारे सरकारले सूचना लुकाएको आफूले जानकारी पाएको अफबाह फैलाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार