शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • राेग प्रभाबित क्षेत्र साप्पाटामा स्वास्थ्यकर्मीको टोली खटाईयो

राेग प्रभाबित क्षेत्र साप्पाटामा स्वास्थ्यकर्मीको टोली खटाईयो

  • बिहिबार, चैत्र ६, २०७६
राेग प्रभाबित क्षेत्र साप्पाटामा स्वास्थ्यकर्मीको टोली खटाईयो

बाजुरा ६ चैत स्वामीकार्तिक खापर गाँउपालिकामा वडा नम्बर १ मुक्तिकोट र वडा नम्बर २ पुडेनीमा अज्ञता रोगले दुई जना बालबालिकाको मृत्यू भएको समाचार पछि रोग प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।
अज्ञात रोगले गाउनै थला परेको खबर आएपछि स्वामीकार्तिक खापर गाउपालिका २ बर्खुका स्वास्थ्य चौकी ईन्चार्ज तृर्थ बिकको संयोजगत्वमा टोली पठाएको गाउपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले जानकारी दिएका छन् । स्वास्थ्यकर्मीलाई औषधि सहित पठाएको अध्यक्ष शाहीले बताए । स्वामीकार्तिक खापर गाँउपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाका छोरा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विककी ५ महिनाकी छोरी डम्मरा बिकको मृत्यु भएको छ भने दर्जनौ बिरामी भएको समाचार संचार माध्यमा र गाउपालिकालाई जानकारी आएपछि टोली खटाएको अध्यक्ष शाहीले बताएका छन् ।
भर्बल बिककी छोरीको चैत्र ४ गते र चतुरे थापाका छोराको चैत्र ५ गते मृत्यु भएको थियो । स्थानियका अनुसार दुबै जनालाई अत्याधिक ज्वरो आए पछि मृत्यु भएको वताईएको छ । ज्वरो आउने खोकी लाग्ने जस्ता लक्षणहरु देखा परेका छन् । रोगका कारण स्वामीकार्तिक १ को मुक्तिकोट, वडा नम्बर २ को पुडेनी, सुपेना, फयालगाँउ, लौडी मा दर्जनौ बिरामी परेको वडा नम्बर १ का अध्यक्ष जनक बहादुर रोकायाले वताए ।
रुघाखोकीका जस्तै लक्षणहरु देखा परेका छन् । रोगले वडा नम्बर २ त पुरै प्रभाबित भएको छ । ज्वरो आउने टाँउको दुख्ने, खोकी लाग्ने हात खुट्टा लगायतका लक्षणहरु देखापरेको स्थानीय आनन्द बुढाले वताए । गाँउमा सबै बिरामी भएपछि दैनिक जिवन यापन नै अस्तब्यस्त रहेको बुढाले वताए ।
स्वामीकार्तिक खापर गाँउपालिका वडा नम्बर १ र २ सदरमुकाम बाट दुई दिनको पैदल दुरीमा पर्दछ रोग प्रभाबित क्षेत्र बाजुराको निकै दुर्गम ठाँउ हो ।

चर्चामा

सम्बन्धित समाचार