बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • परिवार नियोजन सम्बन्धी महिला स्वयम सेविकालाई १ दिने तालिम

परिवार नियोजन सम्बन्धी महिला स्वयम सेविकालाई १ दिने तालिम

  • मङ्लबार, चैत्र ४, २०७६
परिवार नियोजन सम्बन्धी महिला स्वयम सेविकालाई १ दिने तालिम

लक्ष्मीराज पाध्याय / बाजुरा ४ चैत- बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको वाईमा महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई परिवार नियोजन सम्बन्धी एक दिने अभिमुखीकरण तालिमको आयोजना गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालाय, यूएनएफपिएको सहयोग तथा आड्रा नेपालको आयोजनामा सो तालिमको आयोजना गरिएको हाे ।
महिला स्वास्थ्य स्ंवयम सेविकाहरुलाई परिवार निवजन सम्बन्धी तालिम दिएर गाउँमा रहेका सर्बसाधारणलाई समेत जनचेतना दिने उदेश्यले तालिमको आयोजना गरिएको आड्रा नेपालका जिल्ला संयोजक रत्न कायस्तले बताए । जिल्लाका बिभन्न ठाउँकाे जनसख्यकालाई कम गर्न बिभिन्न सचेतना फैलाउदै आएको सो संस्थाले बिभिन्न समयमा यस्ता तालिम तथा जचेतना कार्यक्रम गर्दै आएको आड्रा नेपालका जिल्ला संयोजक रत्न कायस्तले बताए ।
महिला स्वयमं सेबिकालाई स्वास्थ्य सम्बन्धी तालिम दिदा गाउँमा रहेका सेवाप्रदायक प्रतक्ष लाभ लिन सक्ने भएकोले महिला स्वयम सेबिकाको क्षेमता अभिबृद्धी गरी गाउँमा परिवार नियोजन सम्बन्धी स्थानीयले लाभ लिन सकुन भन्ने उदेस्यका साथ सो तालिमको आयोजना गरिएको संस्थाका घुम्ती सेवा प्रदायक प्रमिला बुढाथोकीले बताईन ।
जिल्लाका बिभन्न स्थानमा परिवार नियोजन सम्बन्धी तालिमको आयोजना गर्दै जादा स्थानीयहरुमा परिवार नियोजनका बिषयमा जानकार बन्दै गएको र परिवार नियोजनसम्बन्धी ज्ञानको बिकास हुनुका साथै धेरै जना परिवार नियोजनका स्थाई तथा अस्थाइ साधान प्रयोग गर्ने गरेको आड्रा नेपालमा कार्यरत कर्मचारी सुस्मीता परियारले बताईन ।
स्वामीकार्तिक खापर गाउँपालिकामा गरिएको कार्यक्रममा गाउँपालिकाका महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाई परिवार नियोजन सम्बन्धी एक दिने तालिमको आड्रा नेपालका घुम्ती सेवा प्रदायक प्रमिला बुढाथोकी र सुस्मीता परियारले प्रशिक्षण गरेको संस्थाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार