आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाज
  • ‘इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार’पाउने सिंहले व्लड क्यान्सर पीडित पत्रकार पौडेलको उपचारमा आर्थीक सहयोग

‘इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार’पाउने सिंहले व्लड क्यान्सर पीडित पत्रकार पौडेलको उपचारमा आर्थीक सहयोग

  • बिहिबार, फाल्गुन २९, २०७६
‘इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार’पाउने सिंहले व्लड क्यान्सर पीडित पत्रकार पौडेलको उपचारमा आर्थीक सहयोग

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापिता पहिलो ‘इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार’ प्राप्त गर्नु हुने वाजुराका पत्रकार प्रकाश सिंहले व्लड क्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारमा सहयोग पुर्याउन ५००० रुपिंया पत्रकार ध्रुव पौडेललाई इसेवा मार्फत पठाउनु भएको छ ।

जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ वाजुराको सभापतिको हैसियतमा सहभागी भए वापत प्राप्त हुने भत्ता समेत समाज सेवामा खर्चदै आउनु भएका सिंहले इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार पनि कुपोषित वालवालिकाहरुको सहयोगमा खर्चने वताउनु भएको छ ।

‘कुपोषित वाजुरा’ शीर्षक हिमाल खवरपत्रिकामा प्रकाशित उहांको समाचारले इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार प्राप्त गरेको थियो । सो पुरस्कार समेत कुपोषित वालवालिकाका लागि खर्च गर्ने घोषणासंग इञ्जा वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहालले उहांको अभियानमा १० हजार समेत थप गरिदिने घोषणा गरिदिने हुनु भएको छ ।

सिंहले कमल पौडेलको उपचारका लागि भत्तावापत प्राप्त हुने रकमहरु पनि पठाउने बताउनु भएको छ । यस्तो घोषणा गर्न साथ घोषणा अमेरिकामा रहनु हुने ईञ्जाका वरिष्ठ उपाध्यक्ष दाहालले प्रकाश सिंहलाई आफ्नो नाम जस्तै सर्वत्र उज्यालो छर्ने प्रयास गरेकोमा मुक्त कण्ठले प्रशंसा गर्नु भएको छ ।

दाहालले सिंहले गरेको सहयोगले पौडेललाई नयां जीवन दिने अभियान सफल हुनेछ भन्नु भयो । यसका साथै सामाजिक संजाल मार्फत पत्रकारहरुले सिंहले गरेको परोपकारी कामको प्रशंसा गर्दै सिंहलाई धन्यबाद दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार