बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका १८ हजार बालवालिकालाई चैत १ गते बाट दादुरा–रुबेला खोप लगाईदै

बाजुराका १८ हजार बालवालिकालाई चैत १ गते बाट दादुरा–रुबेला खोप लगाईदै

  • बिहिबार, फाल्गुन २९, २०७६
बाजुराका १८ हजार बालवालिकालाई चैत १ गते बाट  दादुरा–रुबेला खोप लगाईदै

बाजुरा २९ फागुन — बाजुरामा जिल्लामा चैत १ गते बाट दादुरा–रुबेला खोप लगाईने भएको छ । दादुरा–रुबेला राष्ट्रिय खोप अभियान अन्तर्गत बाजुराका १८ हजार २ सय ६ बालवालिकालाई खोप लगाईने भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले वताएका छन् ।
दादुरा–रुबेला रोगलाई उन्मुलन पार्नका लागि देशभरी सँगै बाजुरामा पनि चैत १ गते देखी पुरै महिना भरी खोप अभियान चल्ने भएको छ । जन्मेको ९ महिना देखी ५ बर्ष सम्म सम्पुर्ण बालवालिकालाई खोप लगाउने उद्देश्यका साथ अभियान चल्ने स्वास्थ्य कार्यलय बाजुराका अशोक सिंहले वताएका छन् ।
बाजुरा जिल्लामा चैत १ गते देखी ५ गते सम्म खप्तड छेडेदह गाउँपालिका,त्रिबेणी नगरपालिका र बडिमालिका नगरपालिकामा खोप अभियान संचालन हुने भएको छ । त्यसै गरि जगन्नथा गाउँपालिकामा चैत २ गते देखी ६ गते सम्म, गौमुल गाउँपालिकामा चैत ७ गतेदेखी हुने भएको आज गरिएको भेलामा सार्बजजिनक गरिएको छ । स्वामिकार्तिक गाउँपालिकामा चैत ९ गते देखी १३ गते सम्म बुढिगंगा नगरपालिकामा १० गतेदेखी १४ गते सम्म, हिमाली गाउँपालिकामा १६ गते देखी २० गतेसम्म र बुढिनन्दा नगरपालिकामा २२ गते देखी २६ गतेसम्म संचालन हुने भएको छ ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा बसेको बैठकमा बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने अतिथी रहेका थिए । कार्यक्रमा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी पत्रकार लगायतको यपस्थिती रहेको कार्यक्रमको सहजीकरण जिल्ला अस्पताल बाजुराका डाक्टर राजुराज जोशी र स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दया पन्तले गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
चैत १ गते दादुरा–रुबेला बिरुद्धको खोप अभियानका लागि पुर्वतयारी भइरहेको छ । प्रत्येक स्वास्थ्य संस्था बाट स्वास्थ्यकर्मी बोलाएर योजना र छलफल चलाइरहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । अभियान सफल पार्नका लागि स्थानिय सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाले सहयोग गरिरहेका छन् । सकेसम्म सतप्रतिशत बालवालिकालाई खोप पुयाउने लक्ष्य रहेको छ, राष्ट्रिय लक्ष्य अनुसार ९५ प्रतिशत बालवालिकाले खोप पुयाउने रहेको कार्यलय प्रमुख दयाकृष्ण पन्तले वताए । सबै बालवालिकालाई खोप पुयाउनका लागि तयारी भइरहेको उनले थपे । केही दुर्गम ठाँउमा खोप पुयाउन अलि समस्या रहेको छ, त्यहाँ फ्रिजको ब्यबस्थापन गर्न अलि समस्या रहेको त्यसलाई पनि ब्यबस्थापन भइरहेको कार्यलयले वताएको छ ।
सरकारले दादुरा–रुबेला रोगको बिरुद्ध प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्न नियमित गरिरहेको छ । तर सरकारको लक्ष्य अनुसार ९५ प्रतिशत बालवालिका खोप कभरेस नभएपछि सरकारले यो अभियान चलाएको हो । दादुरा–रुबेला खोप अभियान २०७६।७७ मार्फत अभियान चलाएको छ ।

चर्चामा

सम्बन्धित समाचार