बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिक्षा
  • खातीभिटामा प्रारम्भिक कक्षा सिकाई मेला सञ्चालन

खातीभिटामा प्रारम्भिक कक्षा सिकाई मेला सञ्चालन

  • शनिबार, फाल्गुन १७, २०७६
खातीभिटामा प्रारम्भिक कक्षा सिकाई मेला सञ्चालन

नन्दा थापा /फागुन १७, मार्तडी– शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न बडिमालिका नगरपालिका ३ रजालीमा रहेको खातीभिटा आधारभुत बिद्यालयले सिकाइ मेला आयोजना गरेको छ । आधारभुत तहमा पढाई सीपको विकास गर्ने उद्देश्यले सिकाइ मेला आयोजना गरिएको हो ।
खातीभिटा आधारभुत बिद्यालयका अभिभावकहरु र शिक्षक र अन्य सरोकारवालाहरु पढाई मेलामा सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीले निर्माण गरेका सामग्री, फोटो प्रर्दशनीका साथै पढाई सम्बन्धि गीत, नृत्य, पढाई गति मापन क्रियाकलाप र गणितिय खेलहरु प्रर्दशन गरेका थिए ।
बडिमालिका नगरपालिका वडा नं. ३ को समन्वय युनिसेभ विश्व शिक्षा नेपाल र सेतो गुरास बाल बिकास सेवा बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा खातीभिटा आधारभुत बिद्यालयले सिकाई मेलाको आयोजना गरेको होे ।
पढाई मेलामा प्रारम्भिक कक्षा पढाई सम्बन्धिका विभिन्न पाठ्य सामाग्रीहरुको स्टल राख्नुको साथै सरोकारवालाहरुलाई अवलोकन गराईएको थियो । सिकाई मेलामा कार्यक्रमका प्रमुख अतिथि एवं बडीमालिका नगरपालिकाका उप्रमुख कविता विष्टले बालबालिकाका लागि विद्यालयमा शिक्षककले मात्र नभई घरमै अभिभावकले शैशिक्षक सामाग्री प्रयोग पढाउन सुरुवात गर्नुपर्ने बताएकी छन् । उनले स्थानिय स्तरमै निर्माण गरिएका शैक्षिक सामाग्रीले आफ्नै वरीपरीको बस्तुस्थिती बुझ्न सकिने भएकाले सेतो गुराँसको सिकाई मेलाले शिक्षाको गुणस्तर वृद्धिमा टेवा पुग्ने विश्वास लिएकी छन् । कार्यक्रममा नेकपा जिल्ला कमिटि प्रचार विभाग प्रमुख अमर खड्काले नगरपालिकाकाले स्वयमसेवक शिक्षक नियुक्ती गर्दा खातीभिटा आधारभुत विद्यालयलाई पन्छाएको बताए ।
विद्यार्थीको अनुपातलाई शिक्षक मिलान गर्दा एक जनाको दरबन्दी मात्र भएको विद्यालयका बालबालिकाको भविष्य जोखिमलाई पनि ध्यान दिन उनले आग्रह गरे । शिक्षण सिकाइ, पढाइ सामाग्रीहरु र अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने बिश्वासका साथ पढाइ मेलाको आयोजना गरिएको प्रबन्धक देबु खातीले बताउनु भएको छ । बालबालिकाहरुलाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायबाट सहयोग पु¥याउने लक्ष्यका साथ पढाई मेलाको आयोजना गरिएको खातीले बताएकी छन् ।
विद्यार्थीहरुको बाहिरी ज्ञान सहितको पढाइलार्ई एक अर्कामा आदान प्रदान गर्ने अवसर पढाइ मेलाले दिएको छ । मेलाभित्र विद्यालयहरुमा सहयोग पढाइ सामग्री तथा पाठ्यपुस्तक पनि प्रदर्शन गरिएको थियो । विव्यस अध्यक्ष प्रकाश बहादुर खड्का अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विभिन्न सास्कृतिक नृत्य तथा खेलहरु सञ्चालन गरिएका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षिका कमला थापाले गरेकी हुन् भने कार्यक्रममा स्थानिय जनप्रतिथि, राजनितिक दलका नेता, विव्यस पदाधिकारी, शिक्षक अभिभावक, विद्यार्थी संचारकर्मी लगायतको भव्य सहभागिता रहेको थियो । नृत्य, पढाई गति मापन क्रियाकलाप र गणितिय खेलहरुका विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार