बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • ५० जना विपन्नलाई न्यानो लुगा वितरण

५० जना विपन्नलाई न्यानो लुगा वितरण

  • शुक्रबार, फाल्गुन १६, २०७६
५० जना विपन्नलाई न्यानो लुगा वितरण

बाजुरा १६ फागुन — गौमुल गाउँपालिका–६ टुनी,बाम्नी,शान्तिटोल र चिउँडेका ५० जना विपन्नलाई न्यानो लुगा वितरण गरिएको छ । दलित समुदाय भित्रका पनि अति विपन्न परिवारका ५० जना महिला तथा बालबालिका र वृद्धवृद्धालाई चिसो छल्न न्यानो लुगा वितरण गरिएको हो ।
“छोरीका लागि छोरी”अभियान कपडा बैंक काठमाण्डौं जाउलाखेल ललितपुरको सहयोग, कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा न्यानो लुगा वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष रमित विकले बताउनुभएको छ । न्यानो लुगामा कोट,ज्याकेट,बाक्लो सर्ट,टिसर्ट तथा पोईन्टहरु वितरण गरिएको हो । लुगा औपचारिक कार्यक्रमका बीच हस्तान्तण गरिएको हो ।

Image may contain: 11 people, including Karnabahadur Bk, people smiling
कार्यक्रममा बोल्दैं गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकायाले गरिव तथा विपन्न परिवारका लागि न्यानो लगा वितरण कार्यक्रमले राहत पुग्ने विश्वास व्यतm गर्नुभएको छ । आफुहरुको लक्ष्य भनेकै गरिव र विपन्नको आयस्तर माथि उकास्न भएकाले वडा भित्रका हरेक बस्तिमा अति विपन्न परिवार समेत रहेकाले आफुले वडा बाट सक्दो प्रयास गरी आर्थिक आयआर्जमा टेवा पुग्ने गरी काम गरिरहेको बताउनुभएको छ । सोही कार्यक्रममा बोल्दै वडा सदस्य प्रेम विकले आफ्नो टोल रहेका दलित भित्रका पनि अति विपन्न परिवारहरु रहेका कारण उनीहरुको आर्थिक स्थिति माथि ल्याउन पहल गर्ने वचन दिनुभएको छ ।
कार्यक्रममा बोल्दै कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं लुगा संकलन अभियानकर्मी रमित विकले आफ्नो उद्देश्य भनेकै दलित परिवारको उन्नती र समुन्नतीका लागि भएकाले हरेक संघ संस्था र व्यतिmसंग पहल गरी दलित समुदायको हितका लागि काम गर्ने सपना रहेको बताउनुभएको छ ।

Image may contain: 8 people, including Debu Thapa, outdoor
विगतदेखि हरेक समस्याबाट प्रताडित र अरुको दृष्टिमा दलित समुदाय प्रति हेर्ने नजर फरक भएका कारण अब पहिले जस्तो दब्बिएर बस्नुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्नुभएको छ । ५० बढी दलित समुदायको अगुवाई गदैं सहकारी स्थापना गरेका अध्यक्ष विकले समाज परिवर्तन गर्ने अठोट व्यतm गरेका छन् । आफु रातदिन दलित समुदायकै भलाईका लागि सोँचिरहेको बताउँदैं विकले सबैले व्यवसायिक र आत्मनिर्भेर बन्न आग्रह समेत गर्नुभयो ।
सहकारी संस्थाका अध्यक्ष एवं लुगा संकलन अभियानकर्मी रमित विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकाया रहनु भएको थियो । कार्यक्रममा वडा सदस्य प्रेम विक, विमला, विक बिशिष्ट अथिति रहनुभएको थियो । पत्रकार प्रमित विकले सञ्चालन गरेको कार्यक्रममा करिव २ सय बढीको सहभागिता रहेको थियो । कार्यक्रम सहकारी संस्थाको केन्द्र टुनीमा आयोजना गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार