बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • जगन्नाथ
  • स्वामिकार्तिक र जगन्नाथ गाँउपालिका फागुन भित्र साक्षर घोषणा गरिदै

स्वामिकार्तिक र जगन्नाथ गाँउपालिका फागुन भित्र साक्षर घोषणा गरिदै

  • बुधबार, फाल्गुन ७, २०७६
स्वामिकार्तिक र जगन्नाथ गाँउपालिका फागुन भित्र साक्षर घोषणा गरिदै

स्वामिकार्तिक र जगन्नाथ गाँउपालिका फागुन भित्र साक्षर घोषणा गरिने भएकाे छ । राष्ट्रिय अभियानलाई सफल पार्न साक्षर वर्ष २०७६ अगावै यि दुबै गाँउपालिका घोषणा गर्ने गरि साक्षर अभियान सञ्चालन भएकाे गाँउपालिकाले जनाएकाे छ ।

साक्षर घोषणा जिल्ला समन्वय समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, सदस्य एवं प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, सदस्य सचिव जिल्ला शिक्षा विकास समन्वय इकाइ प्रमुख गोपाल दत्त जोशी, शिक्षक संघ संगठनका शिक्षक नेताहरु र गाउँपालिका भित्रका वडा अध्यक्ष, शिक्षकका बीच साक्षर गाँउपालिका घोषणा गर्ने बारे व्यापक छलफल गरिएको छ । जिल्लाका नौ स्थानीय तह मध्ये गौमुल, छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिका यस अघि नै घोषणा भईसकेका छन् । भने त्रिवेणी नगरपालिका अन्र्तगत १ र २ साविक छतारा गाविस पनि यस अघि नै साक्षर घोषणा भईसकेको अवस्था छ । तथ्याकं संकलन देखि साक्षर अवस्था अध्ययन टोली बनाएर नै संकलन गर्ने र फागुन भित्र घोषणा गरि त्यस पछि साक्षरबाट शिक्षीत बनाउने योजनामा रहेकाे जगन्नाथ गाँउपालिकाका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् ।

१५ देख ५९ वर्ष उमेर समूहका ९५ प्रतिशत जनसंख्याले १२ वटा सूचक मध्ये ६ वटा सूचक पुरा गरेको हुनु पर्ने प्रावधान बनाएको छ । निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चन्ह सक्ने, वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्न्ने सूचक मध्ये ६ वटा पुरा भए घोषणा गर्न सकिने भनिएको छ ।

सरकारले आर्थिक वर्ष २०७६ भित्र देशलाई नै साक्षर घोषणा गर्ने राज्यले लक्ष्य लिएको छ । शिक्षित र जिल्लाकै राजनीतिक पहुँच प्रभाव भएका स्थानीय तह साक्षर घोषणामा ढिलाई भएको आरोप लागिरहेका बेला हिमालीले मिति नै घोषणा गरेर अभियान थालनी गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार