शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • भारत जान लागेका बालकको प्रहरीद्वारा उद्धार

भारत जान लागेका बालकको प्रहरीद्वारा उद्धार

  • बुधबार, फाल्गुन ७, २०७६
भारत जान लागेका बालकको प्रहरीद्वारा उद्धार

घरबाट भागेर भारत जान लागेका ३ जना बालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले उद्धार गरेको छ । बुढीनन्दा नगरपालिका वडा नं. ६ का दलचना राउतका १६ वर्षिया छोरा नृप राज राउत सोही वडाका मनलाल सुनारका १५ वर्षिया छोरा सुमन सुनार र मन बहादुर रावतका १५ वर्षिया छोरा रोशन राउत रहेका छन् । उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय बाजुराले सदरमुकाम मार्तडीमा रहेको बसपार्कबाट उद्धार गरेको हो ।

घरबाट भागेका तिनै जना बालक भारततीर जान लागेको थाहा पाएपछि प्रहरीको टोलीले उद्धार गरेर आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार