शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • नेकपा बाजुराले मनायो २५ औं जनयुद्ध दिवस

नेकपा बाजुराले मनायो २५ औं जनयुद्ध दिवस

  • बिहिबार, फाल्गुन १, २०७६
नेकपा बाजुराले मनायो २५ औं जनयुद्ध दिवस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराले पनि बाजुरामा २५ औं जनयुद्ध दिवस मनाएको छ । नेकपा बाजुराको सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि २५ औं जनयुद्ध दिवस मनाएको हो ।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध शुरू गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर माओवादी र तत्कालीन नेकपा एमाले एक भएपछि सो दिवस सयुक्त रुपमा मनाएको हो ।

नेकपा बाजुराका सचिव भरत बुढाको अध्यक्षतामा २५ औं जनयुद्ध दिवस मनाएको हो । १० वर्षे सशस्त्र जनयुद्धको तथा जनआन्दोलमा सहिदहरुको स्मरणमा आयोजित कार्यक्रममा नेकपा बाजुराका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार