बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • स्वास्थ्य अवस्था सुधार गर्न सुझाव सहित समीक्षा

स्वास्थ्य अवस्था सुधार गर्न सुझाव सहित समीक्षा

  • मङ्लबार, माघ २८, २०७६
स्वास्थ्य अवस्था सुधार गर्न सुझाव सहित समीक्षा

बाजुरा २८ माघ–  स्वास्थ्य कार्यालय बाजुराले जिल्ला स्तरीय योजना तर्जुमा तथा समीक्षा कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाको समग्र स्वास्थ्य अवस्थाको समीक्षा र सुधारका लागि गर्न पर्न पहल बारे दुई दिने गोष्ठी आयोजना गरि समीक्षा सहीत योजना तयार गरेको छ ।

नौ वटै स्थानीय तहका स्वास्थ्य संयोजक, सरोकारवाला निकाय, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय बाजुराका प्रतिनिधी सहभागि गोष्ठीबाट जिल्लाको स्वास्थ्य अवस्था सुधारका सूचक तयार गरिएको कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।  परिवार नियोजन, नियमित गर्भजाँच, संस्थागत सुत्केरीको अवस्था, खोपको पहुँच र औषधी व्यवस्थापन तथा उपचार सेवा बारे विस्तृत समीक्षा सहीत योजना तयार गरिएको अधिकृत पन्तले बताएका छन् । स्थानीय तहले सञ्चालन गरिरहेका गतिविधी, जिल्लाको अवस्था र सुधारका सूचकका  बारे योजना नै तयार पारिएको उनले बताएका छन् ।

स्वास्थ्य सेवामा नागरिकको पहुँचमा उल्लेख्य रहेपनि अझै सुधारको अवस्था आवश्यक रहेको समीक्षा गोष्ठीबाट निष्र्कष निकालेको छ । नियमित गर्भजाँच गराउनेको अवस्था अझै कम रहेको, अधिकांश स्थानीय तहमा समयमै औषधी सेवा उपलब्ध नभएको र त्यसमा स्थानीय सरकार पनि जिम्मेवार नभएको बारे समीक्षा गरिएको छ । संस्थागत सुत्केरी गराए वापतको सुविधा र न्यानो झोला नपाएको, खोपका लागि कोल्टी क्षेत्रमा सहज पहुँच नभएको र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर उपलब्ध गराउने वातावरण निर्माणका लागि स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्ने बारे पनि छलफल भएको बताएका छन्  ।

चर्चामा

सम्बन्धित समाचार