बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी ज्ञान विज्ञान धार्मिक महा–महोत्सवको आजबाट सुरु

त्रिवेणी ज्ञान विज्ञान धार्मिक महा–महोत्सवको आजबाट सुरु

  • सोमवार, माघ २७, २०७६
त्रिवेणी ज्ञान विज्ञान धार्मिक महा–महोत्सवको आजबाट सुरु

 गगन अयडी

बाजुरा त्रिवेणी नगरपालिकामा वडिमालिका त्रिवेणी ज्ञान विज्ञान धार्मिक महा–महोत्सवको आजबाट सुरु भएको छ । तोली स्वास्थ्य चौकीको स्तरोन्नतिका लागी यहि आज देखि फागुन ५ गते सम्म महा—महोत्सव आयोजना गरीएको छ । जिल्लाको त्रिवेणी नगरपालिकाका वडा नम्बर ३, ४ र ५ को संयुक्त योजनामा महा—महोत्सव भएको हो ।

त्रिवेणी ज्ञान विज्ञान धार्मिक महा–महोत्सवको उद्धधाटन सुदुरपश्चिम प्रदेश सरकारका आर्थीक मामिला तथा कानुन मन्त्रि प्रकाश शाहाले गरेका छन् । महा–महोत्सवको उद्धधाटन गदै मन्त्रि शाहाले बाजुराका पर्यटकीय क्षेत्रलाई प्रचार प्रसामा लाग्न सबै नगर बासिलाई आग्रह गर्नुभयो । भ्रमण वर्ष २०२० चलिरहदा समग्र त्रिवेणी नगरपालिकाका पर्यटकीय क्षेत्र पहिचान गर्ने उद्देश्यका साथ महोत्सव आयोजना भएकोमा मन्त्रि शाहाले अझै यस्ता कार्यक्रमहरुलाई प्रोतसाहन दिनुप्रर्ने उहाले वताए । तोली स्वास्थ्य चौकीको स्तरोन्नतिका लागी कुनै क्षेत्र बाट पनि सहयोग नभएकोले धार्मिक महा—महोत्सवको आयोजनागरेको महोत्सव समितिका सह–संयोजक बिरबहादुर ऐडीले बताए । ‘हिन्दु धर्ममा टेकेर, हिन्दु धर्मको रितीरिवाज परम्परागत शैलीमा रहेर धार्मिक महोत्सव हुने छ’ उनले भने । महोत्सले हिन्दु धर्मको प्रचारप्रचासर संरक्षण गर्नमा पनि महोत्सव समितिका कोषाअध्यक्ष भिम साउंदले बताए । धार्मिक महोत्सवमा संकलन भएको रकम स्वास्थ्य चौकीको स्तरोन्नतिमा टेवा पुग्ने उनले विश्वास व्यत्त गरे धार्मिक महोत्सवमा प्रमुख वाचक अन्र्तराष्ट्रिय भागवत भुषण वाचन शिरोमणी नारायण शरण रहने छन् । यस्तै डाक्टर योगी श्री निर्विशेषानन्द, संगिताचार्य शिशिर साधक र भारत दक्ष मन्दिरका पुजारी आचार्य श्री तुलाराम दहाल रहने छन् ।

चर्चामा

सम्बन्धित समाचार