बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • सात महिना देखी डक्टरबिहीन कोल्टि स्वास्थ्य केन्द्र

सात महिना देखी डक्टरबिहीन कोल्टि स्वास्थ्य केन्द्र

  • आइतवार, माघ २६, २०७६
सात महिना देखी डक्टरबिहीन कोल्टि स्वास्थ्य केन्द्र

बाजुरा २६ माघ – बाजुरा जिल्लाका बुढिनन्दा नगरपालिका, हिमाली,स्वामीकार्तिक खापर र जगन्नाथ गाउपालिकाको ५० हजार २ सय ६ भन्दा बढी रहेको पूर्वी उत्तरी क्षेत्रका जनतालाई सेवा दिदै आएको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा एक जना डक्टरको दरबन्दि भएपनि डक्टर निरन्तर नबस्ता समस्या हुने गरेको छ । प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक डा. गणेश चौधरी साउन महिनामा समायोजन भएरगए पछि सात महिना देखी कोल्टि प्राथामीक स्वास्थ्य केन्द्र चिकित्सक बिहिन बनेको छ ।
चिकित्सक स्वास्थ्य केन्द्रमा नभएपछि अहेब, अनमीको भरमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । डाक्टर सरुवा भएर गएको सात महिना भयो, नयाँ आउने कुनै ठेगान छैन्, अहिले आफुले संस्था चलाइरहेको अहेब सिंहराज गिरीले वताए । स्वास्थ्य केन्द्रमा दैनिक एक सय भन्दा बढी बिरामी उपचारमा आउने गरेका छन । डाक्टर नहुदा बिरामीलाई समस्या भएको गिरीले बताए ।
डक्टर ल्याउनेमा जनप्रतिनिधि देखी सरोकारवालाहरु सबै मोन रहेको गिरीले बताए । जेनत्यन बिरामीलाई उपचार गरेपनि स्वास्थ्य केन्द्रले दिनुपर्ने गुणस्तरिय सेवाबाट कोल्टि क्षेत्रका नागरिक समस्यामा परेको स्वास्थ्य केन्दका्र निमित्त प्रखुम गिरीले बताए । विरामीको चाप थेगी नसक्नु हुन्छ औषधि पुर्यानै सकिदैन । समायोजन भएर स्वास्थ्यकर्मीहरु गए आउनुको टुंगो छैन । स्वास्थ्यकर्मी अभावले २४ घण्टै आफु नै उपचारको लागी बस्ने गरेको उनले बताए ।
बिरामी उपचारको लागी आउछन औषधि छैन । ल्याब, एक्सरे मेसिन छैन सामान्य खालको बिरामीलाई मनि रिफर गरेर महगो जहाज भाडा तिराउनु परेको उनले बताए । एक्सरे मेसिन छ, तर पुरा सामान नभएर जडान गरिएको छैन । ल्याबको लागी कर्मचारी भर्खर आएका छन । सामान पूर्ण नभएर खालि बसेका छन् ।
पोष्टमाटको लागी घर छैन खुला ठाउमा पोष्टमाटम गर्नु परेको गिरीले बताए । प्राथामिक स्वास्थ्य केन्द्रमा डक्टर छैन बाहीरबाट डक्टर आउन्जेल खुला ठाउमा लास राख्नु परेको उनले बताए । गएको महिना कर्णालीमा जीप खसेर चार जनाको मृत्यु भयो । चार दिनसम्म खुलाठाउमा राखियो चार दिनपछि जिल्ला अस्पतालबाट डक्टर आएर पोष्टमाटम गरिएको गिरीले बताए ।
उपचारका लागी बिरामी आउने गर्छन्, चिकित्सक नभएकै कारण नेपालगञ्ज, जिल्ला अस्पताल मार्तडी रिफर गर्नु परेको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य केन्द्रले बताएको छ ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी दरबन्दि अनुसार पनि छैनन् । एक जना डाक्टरको दरबन्दि हो त्यो पनि रिक्त रहेको छ । एचए र स्टाफ नर्स छन् । तीन जना अहेबको दरबन्दि भए पनि १ जना मात्र कार्यरत रहेका छन् । त्यस्तै ३ जना अनमी मध्ये दुई जना मात्र रहेका छन् । बिरामीको चाप निकै रहेको छ, उपचार गर्न निकै धौ धौ भएको गिरीले वताए । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह मात्र नभई कणाली प्रदेशका हुम्ला मुगु र कालिकोट जिल्लाका केही स्थानिय तहका स्थानियहरु पनि उपचारमा आउने गर्दन् । पूर्वी उत्तरी क्षेत्रको नमुना स्वास्थ्य चौकीका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिरेर नेपालगञ्ज जानु परेको बुढिन्नदा नगरपालिका १ का वडा अध्यक्ष नृपराज खत्रीले जानकारी दिए ।
दुर्गममा डाक्टरको रोजाई मा नपर्ने भएकोले बाजुरामा डक्टरको अभाब हुने पहिले देखीको रोग जस्तै छ । स्थानिय तह बनिसक ेपछि सम्बन्धित स्थानिय तहको स्वास्थ्य सस्थालाई सम्बन्धित स्थानिय तहले ब्यबस्थपन गर्ने निति भएकोदे जिल्ला अस्पलालको कुनै भूमीको नहुने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले जानकारी दिए । बुढिनन्दा गरपालिकाकी उपप्रमुख श्रृष्टि रेग्मीले दुर्गममा डक्टर नै आउन मान्दैनन, आउने डक्टरले पनि पारिश्रीक धेरै भन्ने भएकोले स्थानिय तहले थेग्न नसेको बताईन् । बिभागमा आपैे गएर माग गरेको बिभागले प्रदेश सरकोको जिम्मा दिईएकोले प्रदेश सरकारसंग समन्वय गर्नु बनेपछि प्रदेश सरकारसंग समन्वय भईरहेको डक्टरको ब्यबस्थापनको लागी गाली परेको रेग्मीले बताईन् ।
पाँच जना सुत्केरीको हेलिकप्टरबाट उद्धार
बाजुराको पूर्बी उत्तरी क्षेत्रका चार स्थानिय तहबाट दुई बर्षमा पाँच जना सुत्केरीको हेलिकप्टद्धरा उद्धार गरिएको छ । माघ १७ गते उच्चरत्तश्राबका कारण स्वामीकार्तिक खापर गाउँपालिका वडा न २ फयाल गाउँकी गिता बिक र जगन्नाथ गाउँपालिका ५ बेहरडाडा गाउँकी २१ बर्षिया श्रृजना शार्कीको एकै दिन उद्धार गरिएकोे जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र बिश्वकर्माले बताए ।

साप्पाटा फयाल गाउँकी गिताले घरमै बच्चा जन्माईन, उच्च रक्तचाप भएका कारण गाउँको स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएका कारण हेलीकप्टर मार्फत नेपालगंन्ज उपचारका लागि लगिएको बिश्वकर्माले बताए ।
त्यसै गरि गोत्रीकी श्रृजनाको १५ गते देखी लागेको ब्याथा र पहिलो पटक गर्भवती भएकीले पाठेघरको मुख नखोलीदा समस्या भएका कारण उनलाई पनि हेलिकप्टर मार्फत उद्धार गरिएको गोत्री सामुदायिक स्वास्थ्य ईकाइका प्रमुख अमर बुढाले बताए । पाठेघरको मुख नखुलेको र दुखाई बढी भएकोले गाउँमा उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि नेपागंन्ज स्थित कोहलपुर मेडिकल कलेजमा लगिएको डा. बिश्वकर्माले बताएका छन् ।
गाउँपालिका अध्यक्षले जिल्ला प्रशासन कार्यालयमा खवर पाईसकेपछि प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने र जिल्ला अस्पताल बाजुरा का प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माको समन्वय तथा महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयको सहयोगमा दुबै जना सुत्केरीको उद्धार गरिएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले बताएका छन् ।
हिजो दिउँसो खवर पाए पश्चात आफुले मन्त्रालयमा फोन गरेको र महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलीकप्टर पठाएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।
यहाँका ग्रामिण क्षेत्रका गर्भवती महिलाहरु अक्सर जोखिममा हुने गरेका छन् । नियमित स्वास्थ्य जाँच नगर्ने, स्वास्थ्य संस्थामा पनि आवश्यक औषधी र जाँच उपकरण अभावका कारण यस्ता महिलाहरुले समयमै उपचार पाउन सकिरहेका छैनन् । यही कारण कतिपयको अकालमा ज्यान नै जाने गरको छ । सुत्केरी तथा जटिल खालका विरामीलाई सुविधा सम्पन्न ठाँउमा रेफर गर्नु वाहेक विकल्प नरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । यो भन्दा पहिला तीन जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । दुई जना बुढीनन्दा नगरपालिका र एक जना स्वामीकार्तिक खापर गाउपालिकाबाट उद्धार गरिको हो ।
गत मंसिर १० गते उच्चरत्तरश्राबका कारण एक जना सुत्केरीको जगन्नाथ गाउपालिका ५ गोत्री सामुदायिक ईकाई केन्द्रमा जगन्नाथ गाउपालिका ५ गोत्रीकी ३५ वर्षिय पुल्ती रावलको मृत्यु भएको थियो । घरमै सुत्केरी भएकी रावलको साल अट्कीय पछि अत्यधिक रक्तश्रापका कारण बेहोस अबस्थामा सामुदायिक स्वास्थ्य ईकाई गोत्री पु¥याएको थियो । बेहोस अबस्थामा रहेकाी रावलको एक्कासी मृत्यू भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार