शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिवन उपयोगी तथा बित्तिय शिक्षा सम्बन्धी तालिम

जिवन उपयोगी तथा बित्तिय शिक्षा सम्बन्धी तालिम

  • आइतवार, माघ २६, २०७६
जिवन उपयोगी तथा बित्तिय शिक्षा सम्बन्धी तालिम

बाजुरा २६ माघ– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा जिवन उपयोगी तथा बित्तीय शिक्षा सम्बन्धीको तालिमको आयोजना गरिएको छ । किशोर किशोरीहरुको जिवनमा आईपर्ने समस्याहरुका बिषयमा खेलको माध्यायबाट सो तालिम दिएको पिसवीन बाजुराका सामाजिक परिचालक टंक सिहंले बताए । तालिममा यसवहरुले गर्ने फजुल खर्चलाई कसरी बचत गर्ने र बचत किन गर्ने भन्ने उदेश्यका साथ सो तालिमको आयोजना गरिएको समाजिक परिचालक सिहंले बताएका छन् । तालिममा बडिमालिका नगरपालिका बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका ३० जना किशोर किशोरीहरुलाई तालिम दिएको ति मध्य १८ जनाले तालिममा सिकेको ज्ञानको आधारमा बैक खाता समेत खोलेर तालिमबाट आएको ५० प्रतिशत भत्ताको रकम समेत जम्मा गरेको सेभ द चिल्ड्रेनका बाजुरा संयोजक पे्रम पुनले बताएका छन् ।
सेभ द चिल्डे«नको आर्थिक सहयोग पिसवीन बाजुराको आयोजना र स्थानीय तहको समन्वयमा सो तालिमको आयोजना गरिएको सेभ द चिल्ड्रेनले जनाएको छ । तालिममा बित्तीय ब्यबस्थापन, सिर्जनाआत्मक सिप द्धन्द्ध ब्यबस्थापन, प्रभावकारी संचार लगायतका बिषयमा सिपमुलक तालिम दिएको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार