बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • प्रहरी चौकीमा आक्रमण, असइसहित दुई प्रहरी घाइते

प्रहरी चौकीमा आक्रमण, असइसहित दुई प्रहरी घाइते

  • शनिबार, माघ २५, २०७६
प्रहरी चौकीमा आक्रमण, असइसहित दुई प्रहरी घाइते

सिन्धुपाल्चोक : प्रहरी चौकी तिपेनीमा अज्ञात समूहले अन्धाधुन्ध आक्रमण गरेको छ। गएराति करिब १ बजे १०/१२ वटा मोटरसाइकलमा आएका समूहले प्रहरी चौकीमा आक्रमण गर्दा इञ्चार्जसहित दुइ प्रहरी घाइते भएका छन्। प्रहरीले आत्मरक्षाको लागि चार राउण्ड हवाइ फायर गरेको थियो।

अज्ञात समूहको आक्रमणबाट चौकीका इञ्चार्ज तथा असइ सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। असई झालाई थप उपचारको लागि काठमाडौं लगिएको छ भने हवलदार मगरको प्राथमिक स्वास्थ केन्द्र मेलम्चीमा उपचार भईरहेको छ।

आक्रमणमा संलग्गन मध्ये एक जना र दुइ मोटरसाइकाल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए। पक्राउ पर्नेमा मेलम्ची नगपालिका-८ का सन्तोष तामाङ रहेका छन्। घटना लगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी तिपेनीमा गएको छ भने जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन पनि राति नै घटनास्थलमा पुगेका छन्। प्रहरीले थप २ मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार