शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • काेल्टिमा रायोको साग र रोटी खादा १० जना विरामी, १ जना बेहोस

काेल्टिमा रायोको साग र रोटी खादा १० जना विरामी, १ जना बेहोस

  • बिहिबार, माघ २३, २०७६
काेल्टिमा रायोको साग र रोटी खादा १० जना विरामी,  १ जना बेहोस

जीवन कुमार कैला

बाजुराको बुढीनन्दा नगरपालिका १ पिपलडालीमा रायोको साग र रोटी खादा दशजना विरामी परेका छन । बुढीनन्दा नगपालिकाका १ पिपलडालीका स्थानिय रंगी ल्वारको घरमा विहानको खानाका लागि बनाईको रोटी र रोयोको साग खादा एकै घरका ६ जना विरामी परेका छन भने सोही गाँउका अन्य चारजना विरामी परेका छन । विरामी पर्नेमा ५८ बर्षका रंगी ल्वार, उहाँकी श्रीमति ५२ बर्षिया विउरा ल्वार, २६ बर्षिया बुहारी रुपु ल्वार, १६ बर्षिया नातिनि माया शार्की, ९ बर्षिया नाति गणेश शार्की, ७ बर्षिया नातिनि एलिना ल्वार रहेका छन । त्यस्तै उहाँका छिमेकी १७ बर्षिया बेदना ल्वार, १६ बर्षिया सोनिँया ओड, ३४ बर्षिया रुखा सार्की र ६० बर्षिया नानी ल्वार रहेको स्थानिय नरदिप ओडले जानकारी दिनुभएको छ । विरामी पर्नेमा वालवालिका देखि बृद्धबृद्धा सम्म रहेका छन । स्थानिय रंगी ल्वारले हिजो साझँ छिमेकीको घरबाट किनेर ल्याएको रायोको साग र आफ्नै घरमा रहेको गहुको पिठोको रोटी खादा आज विहान विरामी भएका ल्वारले बताएका छन । उल्टी हुने पखाला चल्ने बेहाेसहुने जस्ता लक्षण देखापरेका छन ।
विरामीकोे अहिले प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भैरहेको निमित्त प्रमुख सिहंराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार विरामी रुखा सार्की भने वेहोस रहेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार