शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • भाइरल रोगबारे जिल्ला प्रशासन भन्यो दिर्घरोगका कारणले मृत्यु भएको

भाइरल रोगबारे जिल्ला प्रशासन भन्यो दिर्घरोगका कारणले मृत्यु भएको

  • बुधबार, माघ २२, २०७६
भाइरल रोगबारे जिल्ला प्रशासन भन्यो दिर्घरोगका कारणले मृत्यु भएको

बाजुरा २२, माघ — बाजुरा जिल्लाको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा फैलिएको भनिएको भाइरल नभएको पुष्टि गरेको छ । गृह मन्त्रालयमा पठाएको पत्रमा सो कुरा उल्लेख गरिएको छ । साथै भाइरलको प्रकोप नभई रुखाखोकी भएको वताएको छ ।

जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको भन्ने समाचार तथ्यहिन रहेको बताएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–१ साप्पाटाको जोरुमा ५५ वर्षीया मिमा कडाराको र सोही टोलका ७० वर्षीय दलबहादुर रावलको भाइरल नभई दिर्घ रोगका कारण मरेको भनिएको छ ।

मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–१ साप्पाटाको जोरुकी ५५ वर्षीया मिमा कडाराको मंगलबार मृत्यु भएको हो । सोही टोलका ७० वर्षीय दलबहादुर रावलको बुधाबार विहान मृत्यु भएको वडा नम्वर–१ का वडाअध्यक्ष जनकबहादुर रोकायले बताएका छन् ।

मृतकका घरमा भएका विरामीको उपचार र सिंगो गाउँमा नै प्रत्येक घरमा भाइरल ज्वरोले थला परेकाले सोधपुछ गर्दै उपचारका लागि दुई घण्टाको पैदल दुरीको बाटो हिडेर ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्र्मी गएको वडाअध्यक्ष रोकायाले बताएका छन् ।

स्वामीकार्तिक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त कैलाले शाखामा भएको औषधी लिएर स्वास्थ्यकर्मीको टोली पठाइएको बताएका छन् । गाउँमा चिसोका कारण रुघाखोकी ज्वरो, लगायतका विरामकी भएकाले यसबाट बच्च स्वास्थ्य शाखा प्रमुख कैलाले आग्रह गरेको बताए ।

गाउँमा अधिकांश मानिसहरु विरामी परेकाले उपचारका लागि साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज वि.क.को नेतृत्वमा टोली खटाईको छ । टोली भाइरल ज्वरो नियन्त्रण नआउदा सम्म स्वास्थ्य कर्मीको टोली सोही क्षेत्रमा उपचारका लागि लागिपरेको शाखा प्रमुख कैलाको भनाई रहेको छ ।

एक साता अघि हिमाली गाउँपालिका–६ धुलाचौरमा बोर्डिगंमा तीन जना विद्यार्थीबाट सुरु भएको भाइरल ज्वरोले सो क्षेत्र पुरै प्रभावित बनेको छ । प्रभावित क्षेत्रमा प्रदेश सरकारले प्राविधिक सहित डाक्टरको टोली पठाईसकिएको प्रदेश सभा सदस्य बल्देब रेग्मीले बताएका छन् । जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर राजुराज जैशी नेतृत्वको टोली धुलाचौरमा मंगलबार नै गईसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार