शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • अछाममा वडाध्यक्ष हत्याको अनुसन्धान गर्न कुकुर

अछाममा वडाध्यक्ष हत्याको अनुसन्धान गर्न कुकुर

  • मङ्लबार, माघ २१, २०७६
अछाममा वडाध्यक्ष हत्याको अनुसन्धान गर्न कुकुर

बाजुरा २१ माघ — संघीय प्रहरी इकाई कार्यालय धनगढीका प्रमुख एसएसपी देवबहादुर बोगटीले घटनाको अनुसन्धान गर्न सात जनाको टोली तालिमप्राप्त कुकुरसहित अछामतर्फ पठाइएको जानकारी दिएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामी घरदेखि ३० मिनेटको दुरिमा रहेको गैरी गाउँको गोठमा मृत अवस्थामा बुधबार विहान भेटिएका थिए । उनको अनुहारमा चोटहरु रहेको प्रहरीले जनाएको छ । एएसपी बोगटीले घटनास्थल सिल गरेर राखेको बताए ।
पञ्चेवल विनायक नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले मृत फेला परेका वडा अध्यक्ष धामीको हत्या गरिएको बताइन् । उनले गाईबस्तु बाँध्ने गोठमा रग्ताम्य अवस्थामा शव भेटिएको बताइन् । उनी नेपाली काँग्रेसकातर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार