बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अस्पतालको अतिक्रमीत जमीनमा डोजर लगाइयो

अस्पतालको अतिक्रमीत जमीनमा डोजर लगाइयो

  • आइतवार, माघ १९, २०७६
अस्पतालको अतिक्रमीत जमीनमा डोजर लगाइयो
बाजुरा जिल्ला अस्पतालको अतिक्रमीत जग्गा खाली गर्ने निर्देशनपछी आजदेखी जग्गा खाली गर्न डोजर लगाईएको । तस्वीर : लक्ष्मीराज पाध्याय

बाजुरा १९ माघ — बाजुरा जिल्ला अस्पतालको अतिक्रमीत जग्गा खाली गर्ने निर्देशनपछी आजदेखी जग्गा खाली गर्न डोजर लगाईएको छ । जिल्ला अस्पताल बाजुराको अतिक्रमण भएको जमिन ३० दिन भित्र छोड्न निर्देशन दिएको भए पनी सम्बन्धीत ब्यक्तीले आफ्ना संरचना नहटाएपछि डोजर लगाईएको हो ।
जिल्ला अस्पताल ब्यबस्थापनी समितिले सर्बपक्षिय बैठकले निर्णय गरेको ३० दिन पुरा भएसंगै निजीकरण गरिएको अस्पतालको जग्गामा बनाइएका घरटहराहरुमा आजदेखी डोजर प्रयोग गरिएको जिल्ला अस्पताल बाजुराका अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले बताएका छन् ।


जिल्ला अस्पताल बाजुराको अतिक्रमण भएको जमिन ३० दिन भित्र छोड्न निर्देशन दिएको भए पनी लालकेशर पाण्डेले बोडिङ स्कुलहरुका टहरा नहटाएपछि डोजर लगाईको अध्यक्ष थापाले बताए । जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष थापाले सर्वपक्षिय बैठेक मार्फत अतिक्रमण गरेको जग्गा ३० दिन भित्र खालि गर्न निर्देशन दिएका थिए । बैठक अतिक्रमण गरेका जग्गाधनीलाई बोलाएर ३० दिन भित्र खालि गर्ने यदि खालि नगरे ३१ औ दिनमा आफै डोजर लगाएर खालि गर्ने निर्देशन पछि आज डोजर लागएको जिल्ला अस्पताल बाजुराका प्रमुख तथा सदस्य सचिव डाक्टर रुपचन्द्र बिश्वकर्माले बताएका छन् । बेला बेला हटाउन आग्रह गर्दा पनी आलटाल गरेपछि अस्पतालले आफ्नो जमिन फेर्ता गर्न डोजर लगाईएको डाक्टर बिश्वकर्माले बताए ।


अध्यक्ष थापा भने राजनितिक दल नागरिक समाज अन्य सरोकारवाला सहित बोलाएर छलफल समेत गरेका थिए । बिगत लामो समयदेखी निजी ब्यक्तीले अतिक्रमण गरेको भनीए पनी संस्थाको नियमलाइ मानेर हटाउन थालीएको बताए । अस्पताल परिसरमा रहेको जमिन बडिमालिका बोडिङ्ग स्कुलका सञ्चालक लालकेशर पाण्डेले अस्पताल परिसरको जमिन अतिक्रमण गरि घर टहरा बनाएका छन् । एकतिर अस्पतालको नयाँ भवन निर्माण हुदै गरेको छ अर्को तिर नजिकै बोडिङ स्कुल रहेकोले बिरामीलाई समेत प्रभाव पर्ने गरेको अस्पताले जनाएको छ । दिउसो बिरामी समेतलाई घाम सेक्ने ठाउँ समेत छैन बिद्यालयका बिद्यार्थीहरुको खेल खेल्ने मैदान समेत बन्दै जानुले असय भएको अस्पतालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार