शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • सुआहारा बाजुरा जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न

सुआहारा बाजुरा जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न

  • आइतवार, माघ १२, २०७६
सुआहारा बाजुरा जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न

सुआहारा बाजुरा जिल्ला सल्लाकार समितिको बैठक सम्पन्न भएको छ । आइतबार विहान जिल्ला समन्वय समितिको वैठक कक्षमा उक्त बैठक सम्पन्न गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख एंव परियोजना सल्लाकार समितिका संयोजक नरेन्द्र कुमार रोकायाका अध्यक्षतामा उक्त बैठक बसेको थियो । बैठकमा सुआहारा बाजुराले बाजुरामा आफ्नो परियोजनाले हालसम्मको गरेका प्रगतिहरुको समिक्षा र आफ्नो कार्यक्रमको भावी योजनाका बारेमा सआहाराका कार्यक्रम फिल्ड संयोजक सुरेन्द्र सेरालालले जानकारी गराएका थिए ।

सुआहारा बाजुराले बाजुरामा सुनौला हजार दिनका आमाहरुको दैनिक पोषणमा सघाउ पुर्याउदै बिगत लामाे समयदेखी काम गर्दै अाएकाे छ ।  युएसएआईडीको सहयोगमा सुआहारा बाजुराले जिल्लाका ९ वटै स्थानीय तहहरुमा काम गर्दै आईरहेको छ । लामो समयदेखि बाजुरामा संचालन भईरहेको सुआहाराको कार्यक्रम सन २०१९ जुलाईमा कार्यक्रम फेजअाउट हुने भएकाे सुअाहाराले  बताएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाले जिल्लामा सु आहारा कार्यक्रमले महिला तथा बालवालिकाको पोषणका क्षेत्रमा काम गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमा बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने सहित विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनिधि, उद्योग बाणिज्य संघ लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार