बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमालीमा शिक्षण सिकाई सिप अभिबृद्धि तालिम सुरु

हिमालीमा शिक्षण सिकाई सिप अभिबृद्धि तालिम सुरु

  • आइतवार, माघ १२, २०७६
हिमालीमा शिक्षण सिकाई सिप अभिबृद्धि तालिम सुरु

पदम सिंह / हिमाली १२ माघ–हिमाली गाउपालिकाका शिक्षकहरुलाई पाँच दिने समता र समाबेशी शिक्षा कार्यक्रम प्रारम्भिक कक्षा सिकाई तथा शिक्षण सिकाई तालिम गाउपालिलाको केन्द्र धुलाचौरमा हिजो शुक्रबारबाट सुरु भएको छ । हिमाली गाउपालिकाका बिभिन्न बिद्यालयका ३० जना शिक्षकहरु शिक्षण सिकाई तालिममा सहभागी भएका छन् ।
तालिमबाट प्रारम्भिक कक्षा पढाई र गणित समाबेसि शिक्षा बहुकक्षा बहुस्तर मातृभाषका माध्यामबाट शिक्षण सिकाईको परिभाषा र महत्व प्रारम्भिक पढाई र गणितिय सामग्रीहरु प्रयोग गरी शिक्षण सिकाई क्रियाकलाप लाई गुणस्तरिय कसरी बनाउने मातृभाषाको माध्यामबाट शिक्षण सिकाई क्रियाकलाप प्रभाबकारी बनाउने बहुकक्षा बहुस्तर शिक्षण सिकाई क्रियाकबाट बिद्यार्थीहरुले बुझ्ने तरिका अपांगता र सिकाई स्तर फरक भएका बालबालिकाहरुको ब्ययिक्तिक शैक्षिणिक योजना तयार गरी शिक्षण सिकाईलाई गुणस्तरिय शिक्षा दिन सक्ने र निरन्तर सिकाई मुल्यांकन प्राणालीबारे सहभागि शिक्षकहरुले जानकारी लिन सक्ने सेतो गुराँस बालबिकास सेवा बाजुराकी कार्यक्रम संयोजक देबु खातीले जानकारी दिएकी छन् ।


समता तथा समाबेशी शिक्षा सबै शिक्षाका सवाल तथा गुणस्तरिय शिक्षाको बिषयमा बिषयमा बृहत छलफल गरिएको खातीले बताएको छ । स्थानीय तहहरुले अबको प्रारम्भिक बाल बिकास शिक्षालाई कसरी लैजानै भन्ने बिषय त्यसको अबधारण लगायत बिबिध बिषयमा छलफल गरिएको उनले बताएकी छन् ।


तालिम हिमाली गाउपालिका र सेतो गुरास बालबिास सेवा केन्द्र बाजुराको आयोजनामा र युनिसेभ नेपाल र बिश्व शिक्षाको आर्थिक सहयोगमा तालिमको संचालन गरिएको छ । सेतो गुरास बालबिकास सेवा समाज बाजुराकी संयोजक देबु खातीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि हिमाली गाउपालिकाका निमित्तक प्रशासकीय अधिकृत्त जनक शाही रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार