शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • मोबाइल चोरी गर्ने पक्राउ

मोबाइल चोरी गर्ने पक्राउ

  • आइतवार, माघ १२, २०७६
मोबाइल चोरी गर्ने पक्राउ

बाजुरा १२ माघ– मोबाइल चोरीमा संलग्न व्यक्तिहरुलाई समातेर प्रहरीले क्षतिपूर्ति तिराएको छ । विभिन्न समयमा मोबाइल चोरी गरि विक्री गर्ने र आफूले गोप्य रुपमा चलाउने गरेका व्यक्तिहरुलाई समातेर सम्बन्धीत व्यक्तिहरु बोलाएर क्षतिपूर्ति तिर्न लगाएको छ ।
फरक फरक मितिमा ११ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई समातेर आफन्तलाई समेत बोलाइ सम्बन्धीत व्यक्तिहरुलाई उजुरीका आधारमा क्षतिपूर्ति असुली गराएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् ।
सम्बन्धीत व्यक्तिले दिएको उजुरीका आधारमा विगत एक वर्ष यता चोरी गरिएका मोबाइल समेत भरिभराउ गर्न लगाई समातिएका बालबालिकाकै आफन्तलाई बोलाएर क्षतिपूर्ति असुली गर्न लगाईएको छ ।
प्रहरीले पछिल्लो समय चोरीका घटनालाई आइटी प्रविधिबाट अनुसन्धान गरि चोरीमा संलग्नलाई समात्ने गरेको छ । मोबाइल कस्ले चलाएको छ, भन्ने समेत लोकेशन प्रविधीबाट पत्ता लाग्ने भएकोले यसमा आफू र आफ्ना बालबालिकालाई समेत सचेत गराउन प्रहरी सार्वजनिक अपिल समेत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार