शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरा त्रिबेणीका गोरख शाहीकी श्रीमतीले सुन र पैशा  लगेर अकैस‌ग फरार

बाजुरा त्रिबेणीका गोरख शाहीकी श्रीमतीले सुन र पैशा  लगेर अकैस‌ग फरार

  • बिहिबार, माघ ९, २०७६
बाजुरा त्रिबेणीका गोरख शाहीकी श्रीमतीले सुन र  पैशा  लगेर अकैस‌ग फरार
साँकेतीक तस्वीर

बाजुरा ९ माघ – बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका ३ घर भई हाल सुदुरपश्चिम प्रदेश राजधानी धनगढीमा नास्ता पसल सञ्चालन गर्दै आएका गोरखबहादुर शाहीकी श्रीमतीले आधा तोला सुन सहित पसल र बैँकमा जम्मा गरेको डेढ लाख पैशा लगेर फरार भएकी छन् ।
२०५० सालमा भारतमा दुर्घटनामा परी एउटा खुट्टा गुमाएका शाही सहीत जेठो श्रीमतीबाट ११ वर्षीय र ७ वर्षीय दुई छोरा र ९ वर्षीया एक छोरी छन् भने कान्छीबाट छ वर्षीय छोरा गरी पाच जनाको परिवार बिचल्लीमा परेका छन् । शाही परिवार धनगढी उपमहानगरपालिका ३ मिलनचौकमा नास्ता पसल सञ्चालन गर्दै आएका थिए ।
२०६४ सालमा अछामको सेलगाउँबाट पारिवारिक सहमतीमै विवाह गरेका शाहीकी श्रीमती अर्चनादेवी शाहीको २०७० सालमा मृत्यु भयो । दुर्घटनामा खुट्टा गुमाएका शाहीकी जेठी श्रीमतीको मृत्यु पछि दुई छोरा र एक छोरी बेसहारा बनेका थिए । उनीहरुको पालनपोषणकै लागी शाहीले दोस्रो बिबाहगरेका थिए ।
बाजुरामै सानो व्यापार व्यवसाय गर्दै आएका शाहीले दोश्रो विवाह गरे र कान्छी श्रीमती ल्याएर धनगढी आए । आपसी सल्लाहमा नास्ता पसल ठिकै चलेको थियो । तर गत २६ पुसमा उनले अकल्पनीय परस्थितीको सामना गर्नुप¥यो ।
२६ पुसमा शाही दम्पत्ती नियमित जस्तै होटलमा काम गरिरहेका थिए । उनको पसलमा सधै आउने बझाङ घर भई धनगढीमा बस्दै आएका सिंह थरका युवकको समूह आयो । नास्ता गरेर फर्किएका सिंह साझपख फेरी पसलमा आईपुगे । अबेर सम्म पसलमै बिताएका सिंहले शाही दम्पत्तीलाई घर जान राती भईसकेकाले होटलमै बस्न दिन आग्रह गरे ।
शाहीकै श्रीमती रेखाले युवकको बसाईको प्रबन्ध मिलाउन सकिने उनलाई सुझाईन् । श्रीमतीको आग्रह स्वीकार गर्दै उनले ठाउँ अभाव हुँदाहुँदै पनि सिंहलाई आफूसंगै सुताए । शाहीकी श्रीमती भुईमा ओछ्यान लगाएर सुतिन भने उनीहरु दुवै काठमा सुते ।
मध्यरातमा शाही सुतीसकेको मौका छोपेर युवक उनकी श्रीमतीको ओछ्यानमा सुत्न पुगे। उक्त कुरा शाहीले थाहा पाएपछि युवकसंग भनाभन चल्यो र उनी राती नै शाही दम्पत्तीको कोठाबाट बाहिरिए। उक्त कुरा स्थानीयले समेत थाहा पाएपछि श्रीमतीलाई सम्झाई बुझाई गरी बिहान नियमित कामकाजमा दुवैजना लागे।
तर सिंहले भने शाहीकी श्रीमतीलाई भगाएर लगे । श्रीमती सहित गरगहना र पैँसा पनि लगेपछि विचल्ली दुर्घटनामा परी खुट्टा गुमाएका गोरख बहादुर शाहीकी श्रीमतीले गरगहना र पैँसा पनि लगेपछि परिवारको विचल्ली भएको छ। कान्छी श्रीमतीबाट भएको छोरा समेत गरी चार छोराछोरी पालनपोषण गर्नुपर्ने बाध्यता शाहीको काधमा छ।
तर आधा तोला सुन सहित पसल र बैँकमा जम्मा गरेको डेढ लाख पनि लगेपछि उनी छोराछोरीको पढाई र पालनपोषणको खर्च कसरी जुटाउने भन्नेमा चिन्तित छन्। आफैमा अपाङगता भएका शाहीका छोराछोरी पनि उमेरले सानै छन्। श्रीमतीको सहारामा नास्ता सञ्चालन गरिएको नास्ता पसलबाट आवश्यक पर्ने खर्चको जोहो गर्दै आएका शाही आफैमा असहाय भएकाले समस्यामा छन्।
प्रशासनले समेत सुनवाई नगरेको गुनासो
गरगहना, पसल र बैँकमा भएको पैसा समेत लिएर श्रीमती अर्कैसंग हिडेपछि गोरखबहादुरले प्रहरी र प्रशासन कार्यालय धाईसकेका छन् । तर उनको समस्या कतैबाट पनि सुनवाई नभएको उनले बताए । जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयले गरगहना र पैँसा लिएर अर्कैसंग हिडेकी श्रीमतीको हकमा कारवाही गर्ने कानून नभएको भन्दै आफूलाई वेवास्ता गरेको शाहीको गुनासो छ ।
‘श्रीमती, भएको सम्पत्ती लिएर अर्कैसंग हिडेपछि छोराछोरी कसरी हुर्काउने, आफ्नो यस्तो अवस्था छ । मेरो समस्या प्रहरी र प्रशासन कसैले पनि बुझेनन्। अब मैले पनि मर्नु शिवाय अरु के नै छ र ?’
यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले देवानी संहिता अन्तरगतको मुद्धा भएकाले अदालतले हेर्ने बताए । सम्पत्ति फिर्ताका लागि अदालतमा पीडितले माग गर्न सक्ने व्यवस्था रहेको उनको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार