मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भीरबाट लडेर एक जनाको मृत्यु

भीरबाट लडेर एक जनाको मृत्यु

  • बिहिबार, माघ ९, २०७६
भीरबाट लडेर एक जनाको मृत्यु
साँकेतीक तस्वीर

पदम सिंह
बाजुरा ९ माघ – बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु् भएो छ ।
मृत्यु हुनेमा गाकैमुल गाउँपालिका–१ दुर्गालीका ५३ वर्षीय झिर्के रोकायालाई भीरबाट लडेर मुत्यु भएको अबस्थामा गाउलेले फेला पारेर प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।
भट्टराईले दिएको जानकारी अनुसार घरबाट जंगलमा घास काट्न जानेक्रममा भीरबाट बिहीबार विहान लडेर मृत्यु भएको बताएको छ ।
ढिलो गरी खवर आएकाले घटनास्थलमा इलाका प्रहरी कार्यालय गौमुलको टोली पठाइएको छ । घटनास्थलमा पुग्न प्रहरीलाई चार पाँच घण्टा लाग्ने प्रहरीको भनाई रहेको छ । सदरमुकाम मार्तडीबाट घटना भएको ठाउँ पुग्न एक दिनको पैदल दुरीमा पर्दछ ।
घटनास्थलमा प्रहरी गएकाले रोकायालाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल बाजुरामा ल्याउने प्रहरी नायव उपरिक्षक भट्टराईले बताए ।

चर्चामा

सम्बन्धित समाचार