बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • अछाममा २ हजार ३ सय छाउ गोठ भत्काईए

अछाममा २ हजार ३ सय छाउ गोठ भत्काईए

  • सोमवार, माघ ६, २०७६
अछाममा २ हजार ३ सय छाउ गोठ भत्काईए

अछाममा स्थानीय प्रशासनले गत पुष ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत आईतबार सम्म दुई हजार तीन सय ३९ छाउगोठ भत्काईएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले आईतबार सम्म जिल्लाका १० स्थानीय तहका दुई हजार तीन सय ३९ छाउगोठ भत्काएको दिनेश खबरलाई बताए। उनका अनुसार आईतबार मात्रै एक सय ७० छाउगोठ भत्काईएको छ। सबैभन्दा जिल्लाको  ढकारी गाउँपालिकामा चार सय १३ छाउगोठ भत्काईएको अवस्थीले बताए।

यस्तै साफेबगर नगरपालिकामा    चार सय चार, तुर्माखाद गाउँपालिकामा तीन सय ६५, मेल्लेख गाउँपालिकामा तीन सय ३६, पञ्चदेवलविनायक नगरपालिकामा दुई सय २०, मंगलसेन नगरपालिकामा एक सय ७३, रामारोशन गाउँपालिकामा एक सय ३५, चौरपाटी गाउँपालिकामा एक सय १२, कमलबजार नगरपालिकामा एक सय ३ र बान्नीगढजयगढ गाउँपालिकामा ७८ छाउगोठ भत्काईएको प्रहरी निरिक्षक अवस्थीले बताए।

चर्चामा

सम्बन्धित समाचार