शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जगन्नाथ
  • अलपत्र बालवालिकालाई घरमै पुगेर सहयोग

अलपत्र बालवालिकालाई घरमै पुगेर सहयोग

  • बुधबार, माघ १, २०७६
अलपत्र बालवालिकालाई घरमै पुगेर सहयोग

जगन्नाथ गाँउपालिका ६ गोत्रिका अलपत्र चार भाइ बहिनिलाइ घरमै पुगेर सहयोग हस्तान्तरण गरिएको छ । पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा बडिमालिका खबरका प्रकाशक प्रकाश सिंह सहितको टोलि गाँउमै पुगेर सहयोग हस्तान्त्रण गरिएको छ ।
चार जना भाइबहिनिलाई चार जोर तातो लुगा, दुई कट्टा चामल, बल्यान्केट र ५ हजार नगद दिएको जगन्नाथ गाँउपालिका स्वास्थ्य संयोजक लक्ष्मण जोशीले वताएका छन् । उक्क्त सहयोगका लागि टिका राम शिवाकोटिले १० हजार ९२, निशा मोक्तानले ११ हजार २ सय र रफिक अन्सारीले ५ हजार सहयोग गरेका थिए । उहाँहरुको सहयोग बाट लुगाकपडा, चामल र नगद हस्तान्तरण गरेको सामाजिक अभियान्ता सिंहले वताएका छन् ।
सहयोग हस्तान्तरणमा जगन्नाथ गाँउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशी, मालिका उमाबिका शिक्षक दिप्रेन्द्र सिंहको समेत पुगेका थिए । आमाको सुत्केरी भएको एक घण्टामै मृत्यु भएपछि ४ जना भाइबिहिनि बिच्चलीमा परेका छन् । मंसिर ९ गते जगन्नाथ गाउपालिका ६ गोत्रीकी ३५ वर्षियका पुल्ती रावलले छोरा जन्माएको १ घण्टामै मृत्यु भएको थियो । छोरा भने जिवित नै रहेका छन् ।
पुल्ति रावलको मृत्यु भएपछि उनकि ९ बर्षकि छोरी सुनिता रावल, ७ बर्ष छोरी निशा रावल ४ को छोरा पारस रावल र एक महिना नावालक छोरा सहित ४ जना अलपत्र रहेको समचार प्रकाशित पछि सहयोग गरेको टिका सिवाकोटिले वताएका छन् । आमाको पुल्तिको मृत्यु भइसकेको छ भने उनका श्रीमान अम्मर रावल मानसिक रुपमा ठिक नभएको घरमा पनि बस्ने नगरेको उनले वताए । जेठी बहिनी सुनिता शारिरि रुपमा अपागं रहेकी छन्, उनि राम्रो सँग बोल्न नसक्ने गरेको गाँउलले वताएका छन् ।
चार जना भाइबहिनिलाई भाउजु नाता लाग्ने जमिरा रावलले सहयोग गरिरहेकी छन् । नवजात शिशुलाई कहिलेकाँहि कोहि महिलाको दुध चुसाउने र कहिले गाई भैसीको दुध खुवाउने गरेको उनले वताईन् । आमाको मृत्यु पछि चार जना निकै बिच्चलीमा रहेको लुगा पनि नभएको खान पनि अरुको घरमा खाने गरेका छन् ।
पुल्ती रावलको जगन्नाथ गाउपालिका ५ गोत्री सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रमा सुत्केरीकोे मृत्यु भएको छ । घरमै सुत्केरी भएकी रावलको साल अट्कीएपछि अत्याधिक रक्तश्रापका कारण बेहोस अबस्थामा सामुदायिक स्वास्थ्य ईकाई केन्द्र गोत्री पु¥याएको थियो । ईकाईमा पु¥याउदा बेहोस थिईन्, साल अट्कीएको र अत्यधिक रगत बगिरहेको थियो । साल निकालियो, पछि रगत पनि रोकीयो घाम ताप्दै थिईन्, एक्कासी मृत्यू भएको स्वास्थ्य ईकाईमा कार्यरत अहेब अमर बुढाले बताए ।

चर्चामा

सम्बन्धित समाचार