बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कथा: आमा भाग : एक

कथा: आमा भाग : एक

  • सोमवार, पुस २८, २०७६
कथा: आमा भाग : एक

 आज भन्दा तिन बर्ष अगाडी म एउटा शिक्षक पैसामा कार्यरत थिए । ब्याचुलर पथम बर्ष पढ्दै गर्दा प्रदेश न 1 झापा जिल्लाको बिर्तामोडमा अबस्थित स्कुलको लागि म गएको थिए। म स्कुलमा हाजिर भैसके पछि विद्यालय व्यबस्थापन समितिको बैठक बसे पछि मलाई एक बूढी आमाको घरमा बसाउने निर्णय गरियो र म ख़ुशी भएर बसे तर अरु घरका बच्चाहरु भने निराश थिए हामी साँझ बिहान मिस संग पढ़ाई माग्थियौ नि भनेर कुरा गर्दै थिए उता बूढी आमाका छोराहरु अमेरिका र छोरी काठमाण्डौ नर्स पढ़न गएकाले आफु एक्लै भएको बोल्नलाई साथी हुन्छ भनेर मलाई आफ्नो घरमा बसाउन ख़ुशी थिइन्। आमा धेरै काम गर्दिन एउटा दुहुनो गाई पालेकी थीन र अलिअलि साग तरकारी रोप्नका लागि बारी थियो अरु सबै खेत बारी अरुलाई दिएको थियो।म नि बिस्तारै बूढी आमा संग घुलमिल हुदै गए बिहान बेलुकी बच्चाहरु टियुशन पढ़न आउथे आमा बच्चाहरुलाई देखेर ख़ुशी हुन्थिन र भित्र बाट जेहिले नि केहि न केहि खाने कुरा लिएर आउनु हुन्थ्यो र सबैको हातमा राख्नु हुन्थ्यो । यस्तै दिन हरु बित्दै जादा आमाका दिनहरु डूबने बेलाको घाम जस्तै हुदै गए ।हात खुट्टा पहिले भन्दा अलि कम चल्ने भए अनि ति आमा केहि काममा जान तयार हुदा म आफु जान थाले बूढी आमाले उठन्जेल त म काम भ्याएर आउछु हजुर नजानू आमा म जान्छु भनेर म बिहान बेलुकाको समय आमालाई सघाउथे । आमा म आउन्जेल चूलोमा आगो बालेर बसिराख्नु हुन्थ्यो अगेना छेउमै एउटा बिरालो साथी हुन्थ्यो र म घास काटेर आएको था पाए पछि बिरालो म संग बाहिर भित्र गर्थ्यो जब गोठबाट दूध लिएर आमा, बिरालोलाई दूध दिनु ल , म बाच्छो बाध्न गए भन्थे ।अनि म बाहिरको काम सकेर हात खुट्टा धोएर भित्र आउथे आमाले चिया पकाएर दिनु हुन्थ्यो चिया खाएर म पढ़न बस्थे आमा खाना पकाउनु हुथ्यो । खाना खाएर सुत्ने बेला आमा आफ्ना संघर्षका कथाहरु सुनाउनु हुन्थ्यो आमालाई छिटो निंद्रा न लाग्ने मलाई भने ओछयान देख्नै नहुने दिन भरि स्कुलमा घाटी सुकाएर आउनु पर्ने साँझ आमालाई सघाउनाले थकाइ लागेर छिटो निदाउथे आमा कुरा गरिराख्नु हुन्थ्यो म निन्द्राले न च्यापञ्जेल सम्म त सुन्थे म निदाई सक्थे आमा बोली राख्नु हुन्थ्यो अनि अली ठुलो आवाजले सुन्दै छ भनेर बोली राछु निदाईसकिछे मोरी त ! भन्नु हुन्थ्यो । यस्तै दिनहरु बित्दै गए शहरबाट आमाकी छोरी पनि आइन पढ़ाई सकेर। क्रमश : मेरो पहिलो प्रयास सुझाब सल्लाह प्रतिक्रिया दिन नभुल्नु होला।

चर्चामा

सम्बन्धित समाचार