• होमपेज
  • देश
  • लगातारको हिमँपातले जनजिवन अस्तब्यस्त

लगातारको हिमँपातले जनजिवन अस्तब्यस्त

  • मङ्लबार, पुस २२, २०७६
लगातारको हिमँपातले जनजिवन अस्तब्यस्त

लगातारको हिमँपातले शुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशका हिमाली र पहाडि जिल्लाको जनजिवन अस्तब्यस्त बनेको छ । बिहिवार देखीको हिमपाँत नरोकिएपछि अत्याधिक चिसोले दैनिक जिवन प्रभाबित भएको छ ।
लगातारको चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशि तिर झरेको हुम्ला ताजामैला गाँउपालिका अध्यक्ष बागदल मल्लले वताएका छन् । उच्च भागमा अत्याधिक चिसो बढेसँगै गाइबस्तु र सबै परिवार तल तिर सरेका छन् । चिसो बढेपछि हुम्लाका धेरै बिद्यालय हिउँदे बिदा गरेको बागदल मल्लले वताएका छन् । बिद्यालय बन्द भएपनि दैनिक कामकाजमा निकै समस्या भएको उनले वताए ।
बाजुराका ९ वटै स्थानिय तहको जनजिवन प्रभाबित भएको छ । स्वामिकार्तिक, पाण्डगुफा गाँउ पालिका र बुढिन्ननदा नगरपालिका उच्च क्षेत्रका बासिन्दा कोल्टि मार्तडीमा बसाई सरेका छन् । चिसोले निकै कष्टकर भएपछि गाँउमा बस्न सक्ने अबस्था नभएपछि गाँउका सबै औलमा सरेको हिमाली गाँउपालिका १ कोटका स्थानिय धर्मलाल रोकायाले वताएका छन् ।
माथिल्लो भागमा हिमँपात बढेको तल्लो भेगमा निरन्तर पानि परेकोले जिल्लाभरीका बिद्यालयको पढनपाठन प्रभाबित भएको छ । जिल्लाका सबै बिद्यालयको पठनपाठनमा समस्या भएको जिल्ला शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले वताए । एक त बिद्यालयमा भौतिक पुर्वाधार छैन्, अर्को यस्तो चिसोमा निकै समस्या भएको उनले वताए । हिमाली गाँउपालिका १, २ र ३ बिच्छँया सबै बिद्यालय बन्द रहेको गाँउपालिकाले जनाएको छ ।
बाजुराको उत्तरी क्षेत्रका उच्च भागका धेरै बासिन्दा कोल्टि बाजुराको तल्लो भेग र अछाम तिर आएका छन् । बिगतका बर्षमा केही बासिन्दा मात्र औल झर्ने भएपनि यो बर्ष भने धेरै चिसो बढेपछि अधिकांश बासिन्दा औल तिर झरेका छन् । बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजिवन प्रभाबित भएको छ । बझाङ्गको काँडा गाँउपालिकामा पनि चिसोले जनजिवन प्रभाबित बनेको स्थानियले वताएका छन् । चिसो बढेपछि जिल्लामा बिद्यालय समेत प्रभाबित भएका छन् । लगातार चिसो बढेपछि बाजुराका धेरै बिद्यालयको पढाई प्रभाबित भएको जिल्ला
कर्णालीका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन् । चिसोका कारणले रुखाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्य संस्थाहरुले वताएका छन् । लगातार चिसो बढेपछि सदरमुकाममा सरकारी तथा गैरसरकारी कार्यलयका कामकाज समेत प्रभाबित भएका छन् । स्थानिय तहको काममा पनि निकै समस्या भएको कर्मचारीले वताएका छन् ।
बाजुराका स्वास्थ्य संस्थामा चिसोका बिरामी बढेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । मार्तडी कोल्टि सडक खण्ड अझै अबरोध रहेको छ । पोरखे लेखमा ४ फिट जति हिउँ परेकाले खोल्न समस्या भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । हिउँ परिरहेकोले बाटो खोल्न पनि समस्या भएको निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताए ।

चर्चामा

सम्बन्धित समाचार