शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टीमा चिकित्सक विहिनको पिडा

कोल्टीमा चिकित्सक विहिनको पिडा

पोष्टमार्टम हुन सकेन, शब कुर्दै आफन्त

  • शनिबार, पुस १९, २०७६
कोल्टीमा चिकित्सक विहिनको पिडा

बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक बिहिन बनेको चार महिना भयो । संस्थामा कार्यरत चिकित्सक डा. गणेश चौधरी समायोजन भएर गएपछि स्वास्थ्य केन्द्र चिकित्सक बिहिन बनेको छ ।
स्वास्थ्य संस्थामा चिकित्सक बिहिन हुँदा स्थानियले ठुलो सास्ती भोग्नु परेको छ । बिडम्बनाको कुरा त हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट सडक दुर्घटना बाट मृतकका लाश तिन दिन सम्म पनि पोष्टमार्टम हुन सकेको छैन् । बिहिवार कालापडा भिर बाट कर्णाली नदिमा जिव खस्दा ४ जनाको मृत्यु भएको थियो । आफन्त तिन दिन देखी कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा शब कुरीरहेका छन् । शब सडिने अबस्था पुगिसकेका छन्, कोल्टिमा चिकित्सक भएको भए बिहिवार नै पोष्टर्माटम गरेर काजक्रिया शुरु गरिसक्थे, तिन दिन सम्म स्वस्थ्य केन्द्रमा शब कुरिरहेको नागरिक अगुवा जनेश भण्डारीले वताए ।
यो एउटा उदाहरणको चिकित्सक नहुँदा उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, हुम्ला, कालिकोट र मुगुका जनतालाई सास्ति भएको छ । संस्थामा दैनिक ८० जति बिरामी उपचारमा आउने गरेका छन् । चिकित्सक नहुँदा बिरामीले सास्ति बेहेर्नु परेको छ । उपचारका लागि आउने बिरामी आउने गर्छन्, चिकित्सक नभएकै कारण नेपालगञ्ज, मार्तडी रिफर गर्नु परेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । यो क्षेत्रको नमुना स्वास्थ्य चौकीका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिर नेपालगञ्ज जानु परेको बुढिन्नदा नगरपालिका १ का अध्यक्ष नृपराज खत्रिले वताए । अर्को मार्तडी कोल्टि सडक बर्षात अबरुद्ध हुँदा समदरमुकाम मार्तडी लगायत अन्य ठाँउमा लिन पनि समस्या भएको छ । बाजुराको हुम्ला, मुगु र कालिकोटका ५० हजार जनसंख्यालाई यो स्वास्थ्य केन्द्रले सेवा दिदै आएको छ ।
यता जिल्ला अस्पताल बाजुरामा पाँच जना चिकित्सक छन्, तर उनिहरुलाई पठाउन प्रशासन तथा अन्य निकाय कतै बाट पहल नभएपछि चिकित्सक नगएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । जिल्ला अस्पताल बाजुराले पोष्टमार्टमका लागि डा. राजु जोशीको स्वास्थ्यकर्मीको टोली शनिवार कोल्टी पठाएको छ । से १ ज १०६४ नम्बरको जिव दुर्घटना भएर कर्णाली नदिमा खसेको थियो । जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टि तर्फ आउदै गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार