बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • रोपवे संचालन पछि मनागाउँ बासीलाई सामान ओसार पोसारमा सहज

रोपवे संचालन पछि मनागाउँ बासीलाई सामान ओसार पोसारमा सहज

  • बिहिबार, पुस १०, २०७६
रोपवे संचालन पछि मनागाउँ बासीलाई सामान ओसार पोसारमा सहज

बाजुरा १० पुस । वारिपारी पुरै चट्टानै चट्टान विचमा बगीरहेकी छन् बुढिगंगान चट्टानको माथि रहेको छ मना गाउँ यो बस्तीमा २ सय ४ घरधुरी बसोबास गर्छन । गाउँको छेवैबाट सुरु हुने चट्टानी भीरको बाटो । बाटोको सीधै तल पारिपट्टि बाजुरा सडकसँग जोडिएको तिपाडा बजार छ  । बाजुराको तिपाडा देखि मनागाउँलाई जोड्ने रोपवे निर्माण गरिएको छ । रोपवे निमार्ण भई संचालनमा भएपछि मनाका स्थानीयलाई निकै सहज भएको स्थानिय चक्र साउदले बताए । यो जिल्लामै पहिलो रोपवे हो ।
गाउँमा उत्पादित वस्तु बजार पुर्याउन र बजारबाट उपभोग्य सामग्री गाउँ लैजान त्यही भीरको जोखिमपूर्ण बाटोमा गर्भवती र सुत्केरी महिलाले समेत भारी बोकेर ५ घण्टाको ठाडै उकालो ओहोर दोहार गर्नै पर्ने अवस्था थियो । पुस्तांै देखिको असहज अवस्था गाउँमा स्थापना गरिएको ग्राभिटी रोपवेले अन्त्य गरिदिए पछि बाजुराको बडिमालिका नगरपालिका ६ मनागाउँका महिलाको जीवनमा सहजता भएको बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता विष्टले बताईन ।
मनागाउँ बडिमालिका नगरपालिका हो भौगोलिक रूपमा सवैभन्दा विकट छ । मना गाउँ आलुखेती र बाख्रापालनका लागि उर्वर भूमी मानिन्छ । बडिमालिका संगै जोडिएको यो बस्तीका स्थानीयहरुको दैनीकी जडिबुडी संकलनमा बढी जान्छ तर गाउँमा उत्पादित जडिबुटी र कृषि उपजलाई बजार र्पुयाउन र बजारबाट दैनिक उपभोग्य सामग्री ल्याउन भने भीरको असजिलो बाटोले निक्कै कष्ट थियो । रोपवे निमार्ण भएपछि हाम्रो दैनिकी सहज बनाइदिएको छ,’ माना स्थानिय पदम साउदले भने, भारी बोकेर भीरको बोटोमा आउने जानेक्रमा कैयौको अकालमै मृत्यू भएको थियो । ग्रामिण रोपवे संचालन पछि त्यो जोखिम पूर्ण यात्रा हटेको साउदले बताए । हप्ताको दुई दिन संचालनमा हुन्छ बिहीबार र सनीबार दुई जना अप्रेटरलाई पारिश्रमीक दिन रोप्बेको आएसा्रेतले अपुग हुने हुदा अप्रेटरलाई कम पारिश्रमीक दिएर हप्ताको दुई दिन मात्रसंचालन हुने गरेको उनले बताए ।
तलबाट दैनीक उपभोग्य बस्तु बिकास निर्माणका सामग्रीहरु र माथिबाट आलु, जौ, गहु,मकै कोदो जडीबुटी लगाएतका सामग्रीहरु ओसार पसार गर्ने गरेको साउदले बताए ।
रापवे संचालन हुँदा सवै भन्दा बढी सजिलो मनागाउका महिलालाई भएको छ । गाउँका पुरुषहरू भारतमा काम गर्नका लागि जाने भएकाले महिलाले खाद्यन्न विकास निमार्णका सामानहरु ओसार पोसार गर्नु पर्ने हुन्छ । ‘गर्भवती र सुत्केरीलाई भारी बोक्न निक्कै सास्ती हुन्थ्यो । स्वास्थ्य स्वमंसेविका सीता थापाले भनिन । पहिला भीरको बाटो बोकेर लगेको सामान गाउँ पु¥याउँदा प्रति क्विन्टल १ हजार भाडा लाग्थ्यो े रोपवे निर्माण पछि २ सयमै सामान ओसार पोसार हुन थालेको स्थानीय लालबहादुर साउदले बताए । साँफे–मार्तडी सडक खण्डमा पर्ने तिपाडा देखी मनागाउँसम्म ९ सय ८ मिटर लम्बाइको रोपवे जिल्लामै पहिलो पटक निर्माण गरिएको छ । रापवेबाट ९० किलो निर्यात र ४० किलो आयात सामान ढुवानी गर्ने क्षेमताको छ ।
जिल्ला कृषि विकासको संयोजन, प्राक्टिकल एक्सनको आर्थिक सहयोग तथा एचआरसी बाजुराको साझेदारीमा रोपवे निर्माण गर्न करिब २७ लाख लागतमा २०७३ सालबाट स‌चालन भएको एचआरसीका बाजुराका अग्निराज शाहीले बताए । ‘रोपवे निर्माणपछि बडिमालिका नगरपालिकाले मना गाउलाई आलु पकेट क्षेत्र विकासको योजना अघि सारेको छ ।

 

चर्चामा

सम्बन्धित समाचार