बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बडिमालिका
  • शिशु स्याहार्दै जन सेवामा समर्पित आमा

शिशु स्याहार्दै जन सेवामा समर्पित आमा

नगरपालिकामा शिशु स्याहार केन्द्र र स्तनपान कक्ष नहुँदा समस्यामा

  • बुधबार, पुस ९, २०७६
शिशु स्याहार्दै जन सेवामा समर्पित आमा

बिन्दु बडाल बडिमालिका नगरपालिका महिला शाखामा सहायक महिला विकास निरिक्षक पाँचाै पदमा कार्यरत कर्मचारी हुन् । उनले छोरी जन्माएको ५ महिना भयो । अहिले उनि ५ महिनाकी छोरी सहित अफिसमा सेवा ग्राहिको काममा ब्यस्त छन् । एकातिर छोरीलाई स्याहार्दै छन्, भने अर्कोतिर सेवाग्राहिको काम गरिरहेकी छन् । सुत्केरी बिदा ३ महिना सकिएपछि उनले छोरी बोकेर अफिसमा जनताको सेवा दिइरहेकी छन् ।
बच्चा सँगै सेवाग्राहीको काम गर्न अलि ग्राहो भएनि उनि सेवाग्राहीको काममा सन्तुष्टि छन् । सँगै बच्चा खेलाउछु, स्तनपान गराउछु, अर्कोतिर सेवाग्राहीको काम गरिरहेको बिन्दु बताँउछन् । नगरपालिकामा शिशु स्याहार केन्द्र र स्तनपान गराउने ठाँउको ब्यबस्था छैन् । सेवाग्राहीको काम सँगै स्तनपान र छोरी स्याहार्दै गरेको उनले थपिन् । घरमा घरको काम अर्को तिर अफिसमा अफिसको काम त्यो सँगै शिशु स्याहार्नु पर्ने बाध्यता छ उनले थपिन् । बिन्दु जस्तै सोही नगरपालिका स्वास्थ्य शाखामा कार्यरत ललिता थापाले छोरा जन्माएको ६ महिना भयो । उनि पनि शिशु हेरदै, स्तनपान गर्दै कार्यलयको काम गरिरहेको छन् । बच्चाको स्याहार गर्नै परयो, अर्कोतिर अफिसको काम गर्नु परेको छ, तर पनि जनताको काममा सन्तुष्टि रहेको ललिताले वताईन् ।
बडिमालिका नगरपालिकाले शिशु स्याहार केन्द्र र स्तनपान कक्षको ब्यबस्थापन नगर्दा काम सँगै स्तनपान गराउनु पर्ने बाध्यता रहेको छ । सरकारले सरकारी कार्यलय, सार्वजनिक स्थलमा महिला कर्मचारी, सेवाग्राही महिलाका लागि भनेर छुटै शिशु स्याहार केन्द्र र स्तनपान कक्षको ब्यबस्था गर्नुपर्ने बताएको भएपनि बाजुराका कुनै पनि त्यो ब्यबस्थापन छैन् । बच्चा अनिवार्य हेर्नै परयो, त्यो सँगै अफिसको काम पनि गर्नुपर्ने हुन्छ, शिशु स्याहार केन्द्र र स्तनपान कक्ष नहुँदा महिला कर्मचारी, महिला सेवाग्राहीलाई समस्या भएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताईन् । उहाँहरुलाई समस्या थाहा छ, चाडै नै महिला कर्मचारी र महिला सेवाग्राहिका लागि शिशु स्याहार केन्द्र र स्तनपान कक्षको ब्यबस्थापन गर्ने वताईन् ।
महिलाहरु दोहोरो कामको बोझमा हुन्छन्, नत निति निर्माण तहलाई वास्ता हुन्छ नत अरुलाई नै महिला अधिकारकर्मी रुखमणी शाहले वताईन् । जसले महिलाको विकास तथा सशक्तीकरणमा प्रत्यक्ष प्रभाव पारेको पाइन्छ । धेरै काम र समय अभावका कारण महिला पढ्ने समय निकाल्न नसक्ने, पढाइ पुरा गर्न नसक्ने, क्षमता वृद्धिका तालिम तथा प्रशिक्षणमा सहभागी हुन नसक्ने, आर्थिक आम्दानी हुने कामको अवसर गुमाउनुपर्ने, अनौपचारिक क्षेत्रका झन्झटिला र खतरायुक्त काम गर्नुपर्ने आदि चुनौतीबाट महिलाहरु गुज्रिरहेको उनले थपिन् ।
महिलालाई राष्ट्र निर्माणको मूलधारमा समान सहभागिता गराउन राज्यले महिला माथिको कामको बोझ घटाउन आधारभूत पूर्वाधार विकास निर्माण गर्न जरुरी देखिन्छ । पानी, ऊर्जा, ढल, बाटो आदि सरकारी सेवा–सुविधाको उपलब्धताका साथै शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अशक्त सेवा केन्द्र सञ्चालन गरेर र लुगा धुने, भाँडा धुने, भान्सामा प्रयोग हुने समय अनुकूलका प्रविधि उपलब्ध गराएर महिलाको कामको बोझ घटाउन सकिन्छ तर राज्य यसप्रति उदासिन भएको महिला अधिकारकर्मीले वताँउछन् ।

चर्चामा

सम्बन्धित समाचार