शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकामा कार्यालय समयमा फेशबुक चलाउन बन्देज

बडीमालिका नगरपालिकामा कार्यालय समयमा फेशबुक चलाउन बन्देज

  • मङ्लबार, पुस ८, २०७६
बडीमालिका नगरपालिकामा कार्यालय समयमा फेशबुक चलाउन बन्देज

लक्ष्मीराज पाध्याय,  बाजुरा ८ पौष — बडिमालिका नगरपालिकाले कार्यालय समयमा फेशबुक चलाउन बन्देज गरेको छ । कार्यालय समयमा धेरै फेशबुक चलाउने, कामकाज कम गर्ने, सेवाग्राहि प्रतिउत्तरदायि नहुने भएकाले कार्यालयको काममा अबरोध पुगेको भन्दै फेशबुक चलाउन बन्देज गरेको हो, नगरप्रमुख पदम बढुवालले वताएका छन् ।

एक त इन्टरनेट राम्रो चल्दैन त्यसैमा कार्यालय समयमा फेशबुक चलाउनेको संख्या बढि भएकोले कुनै अनलाइन हेर्न पनी नमिल्ने भएपछी प्रबधी शाखाले अनलाइनहरु र अन्य सबै साईट खोल्ने तर फेशबुक नचल्ने बनाएको बडिमालिका नगरपालिकाका सुचना अधिकारी हेम थापाले बताए । बडिमालिका नगरपालिकामा जडान गरिएको वल्ड लिड्ढ नामक प्राईभेट इन्टरनेट जडान गरेको छ । नगरपालिकाका सबै वडमा र केही बिद्यालयमा इन्टरनेट जडान गरिएको छ । बिद्यालय, वडामा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरु फेशबुकमा हुमीने भएकाले फेशबुक सप्टियर नचल्ने बनाएको प्रबिधि अधिकारी थापाले बडिमालिका खवरलाई बताए ।

बडिमालिका नगरपालिकाले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन कर्मचारी तथा जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको नगरपालिकाले बताएको छ । कार्यालय समयमा मोबाइल वा अन्य माध्यमबाट सामाजिक सञ्जालमा अल्मलिँदा महत्वपूर्ण समयको बर्बादीसँगै कार्यालय सञ्चालनमा समस्या आउने देखेर यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख पदम बडुवालले बताए ।

कर्मचारीहरुले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउँदा सार्वजनिक सेवा प्रवाहमा प्रतिकुल प्रभाव परेको भन्दै कार्यालय समय अबधिमा बाहिरबाट गएको कुनै मान्छे होस वा कार्यालयको कर्मचारी कसैले पनी फेशबुक चलाउन नपाउने भएका छन् । सबै वडामा नेट चलाउन प्राबिधक रुपमा वडा न ७ लगायत केही वडामा कठिनाई भएकोे र बडिमालिका नगरपालिकाको कार्यालय र इन्टरनेट चलिरहेका वडाहरुमा फेशबुक सप्टीयर नचल्ने तर अन्य सबै ओइभसाइटहरु चल्ने बनाएको सुचना तथा प्रबिधी अधिकारी थापाले बताएका छन् । ईबडिमालिकाको अबधारणा ल्याइएको भए पनी केही समस्याका कारण सबै वडामा इन्टरनेट चलाउन समस्या भएको पनी उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार