शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘कागजपपत्र’ सिनेमाको ‘तिमी जाने बाटो कता’ गीत रिलिज

‘कागजपपत्र’ सिनेमाको ‘तिमी जाने बाटो कता’ गीत रिलिज

  • बुधबार, चैत्र ६, २०७५
‘कागजपपत्र’ सिनेमाको ‘तिमी जाने बाटो कता’ गीत रिलिज

चैत ८ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘कागजपत्र’ले दोस्रो गीत सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौं पत्रकार र निर्माण टिमवीच आयोजीत होली मिलन कार्यक्रममा सिनेमाको दोस्रो गीत रिलिज गरिएको हो ।

गीतमा सिनेमाका मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरीलाई फिचर्ड गरिएको छ ।

संगीत सापकोटाको शब्द तथा संगीत रहेको सार्वजनिक ‘तिमी जाने बाटो कता’ बोलको गीतमा अनुपम शर्मा र प्रविसा अधिकारीको स्वर छ ।

अपिल बिष्टले निर्देशित सिनेमाले अष्ट्रेलिया जान गरिने नक्कली विवाहको कथा भन्छ।

सिनेमामा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरीका अलवा लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई, आरजेस रेग्मी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको सिनमामा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको छ ।

यस्तै ‘कागजपत्र’मा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार