बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • २ हजार लिटर घरेलु मदिरा नष्ट

२ हजार लिटर घरेलु मदिरा नष्ट

  • शुक्रबार, भदौ ६, २०७६
२ हजार लिटर घरेलु मदिरा नष्ट

बाजुरा ६ भदौ
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीका बिभिन्न होटलहरुबाट बरामत गरिएको २ हजार लिटर भन्दा बढि घरेलु मदिरा नष्ट गरिएको छ । सदरमुकाम मार्तडीका बिभिन्न होटर पसलहरुबाट स्थानीय महिला र प्रहरीको सक्रियतामा नियन्त्रण लिएको मदिरा नष्ट गरिएको हो । बजार बाट संकलित २ हजार २ सय ६५ लिटर मदिरा बिभिन्न समयमा महिला समुह र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएर नष्ट गरिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटले बताएका छन् । पछिल्लो समय सदरमुकामका महिला समुहहरु पनी सक्रिय भएकोले मदिरा नियन्त्रणमा प्रहरीलाइ सघाउँ पुगेको प्रमुख भाटले बताए । जिल्लामा पछिल्लो समय अबैध घरेलु मदिरा नियन्त्रणले जिल्लाको शान्ती सुरक्षामा सहयोग गरेको घरेलु हिसांका घटनामा समेत कमी आएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । मदिराका कारण जिल्लामा बिभिन्न घटना गरेको बाजुरा जिल्लामा पछिल्लो समय सुधार हुदै गएको स्थानीयहरु बताउछन ।

चर्चामा

सम्बन्धित समाचार